१२ असार २०८१ बुधबार
image/svg+xml
अर्थ

होन्डाको एनएक्स २०० बजारमा

होन्डाले बजारमा नयाँ बाइक एनएक्स २०० भित्र्याएको छ। कम्पनीका अनुसार एनएक्स २०० बाइक सिटी राइडिङ र लामो दूरीको यात्राको लागि उपयुक्त रहेको जनाएको छ।

एनएक्स २०० को ‘अप-राइट पोजिसन र टायरको ‘टफ ट्रड प्याटर्न’ ले आरमदायी यात्रा सुनिश्चित गर्ने कम्पनीको दाबी छ। कम्पनीका अनुसार एनएक्स २०० मा उपलब्ध ‘वाइन्ड भाइजर’ र ‘एलइडी विङ्कर’ सहितको ‘नकल कभर’ले सुरक्षा फिचर बढाउनुको साथै बाइकलाई झन् आकर्षक बनाएको छ।

१० वर्षको वारेन्टी रहेको एनएक्स २०० चार रङमा उपलब्ध छन्। कम्पनीका अनुसार एनएक्स २०० को सुरुको मूल्य चार लाख ७८ हजार नौ सय रूपैयाँ रहेको छ।

प्रकाशित: २० चैत्र २०८० ०९:२३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App