२६ वैशाख २०८१ बुधबार
image/svg+xml
अर्थ

२७ अंकले नेप्से घट्दा पौनै चार अर्बको सेयर कारोबार

साताको पहिलो कारोबार दिन आइतबार सेयर मापन गर्ने परिसूचक नेप्से उच्च अंकले गिरावट आएको छ। दिनभरजसो नेप्से परिसूचक उतारचढावपूर्ण हुँदै २७.२१ अंकले घटेर २०३४.८२ विन्दुमा झरेको छ। आइतबार २२५ कम्पनीको सेयर घट्यो भने २१ कम्पनीको सेयर मात्रै बढ्यो। दुई कम्पनीको सेयर भने स्थिर रह्यो।

आइतबार एक करोड ७ लाख ७२ हजार ४ सय ८३ कित्ता सेयर किनबेच हुँदा तीन अर्ब ७७ करोड ५४ लाख २२ हजार १ सय ९६ रुपैयाँको सेयर कारोबार भयो। नेपाल स्टक एक्सचेन्जका अनुसार आइतबार नेप्सेका तीनवटै सूचक घटेर राताम्मे भयो। सेन्सेटिभ सूचक ३.३५ अंकले घट्यो। फ्लोट सूचक १.८६ अंक र सेन्सेटिभ फ्लोट सूचक पनि १.०२ अंकले घट्यो। आइतबार नेप्सेका १३ वटै उपसमूह घट्यो। आइतबार सवैभन्दा धेरै घट्ने उपसमूहमा निर्जीवनबीमा रह्यो। सोतर्फको उपसमूह २०६.३९ अंकले घट्यो।

त्यसैगरी जीवनबीमातर्फको उपसमूह १३९।४७ अंक र विकास बैंकतर्फको उपसमूह पनि ६९.३१ अंकले घट्यो। आइतबार सवैभन्दा धेरै सेयर बढ्ने कम्पनीमा बोटलर्स कम्पनी र समाज लघुवित्त रह्यो। ति दुवै कम्पनीको सेयर १० प्रतिशतले बढेको छ।

त्यसैगरी किसान लघुवित्त कम्पनी र युनियन  हाइड्रोपावर कम्पनीको सेयर पनि क्रमश: ८.२२ प्रतिशत र ६.६५ प्रतिशतले बढेको छ। आइतबार सवैभन्दा धेरै सेयर घट्ने कम्पनीमा सामलिङ पावर कम्पनी रह्यो। सो कम्पनीको सेयर ८.२१ प्रतिशतले घट्यो। त्यसैगरी दोर्दी खोला जलविद्युत कम्पनीको सेयर पनि ६.१५ प्रतिशत र पाँचथर पावर कम्पनीको सेयर पनि ५.९१ प्रतिशतले घटेको छ।

प्रकाशित: ६ फाल्गुन २०८० १५:२८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App