२० जेष्ठ २०८१ आइतबार
image/svg+xml
अर्थ

नेपाल एसबिआई बैंकका कर्मचारीहरूद्वारा प्रतिज्ञा

‘डेटा गोपनीयता दिवस’को अवसरमा नेपाल एसबिआई बैंकका कर्मचारीले गोपनीयता नीति तथा कार्यविधिहरूको बारेमा अद्यावधिक रहँदै ग्राहकको गोपनीयता कायम राख्ने प्रतिज्ञा गरेका छन्।

बैंकको नीतिअनुरूप डेटा सुरक्षामा सजग, सचेत रहने र कार्यस्थल तथा ग्राहकको सबै व्यक्तिगत तथा वित्तीय जानकारीहरू गोप्य राख्नुका साथै बैंकको गोपनीयता नीति तथा कार्यविधिहरूको बारेमा अद्यावधिक रहने प्रतिज्ञा उनीहरूले गरेका हुन्।

बैंकका प्रबन्ध निर्देशक तथा प्रमुख कार्यकारी अधिकृत दीपककुमार देले, नायब प्रमुख कार्यकारी अधिकृत तथा प्रमुख वित्तीय अधिकृत लगायत पदाधिकारीहरूको उपस्थितिमा बैंकका सम्पूर्ण कर्मचारीले प्रतिज्ञा गरेका हुन्।

प्रकाशित: १६ माघ २०८० ०२:३८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App