साताभरिमा सेयर मापन गर्ने परिसूचक नेप्से उच्च अङ्कले गिरावट आएको छ। साताको पहिलो कारोबार दिन देखि घटेको नेप्से परिसूचक साताभरि नै निरन्तर रूपमा घटिरह्यो। समग्रमा साताको पाँच कारोबार दिन नेप्से परिसूचक समग्रमा ७१.७१ अङ्कले घटेको छ।
साताको अन्तिम कारोबार दिन बिहीबार नेप्से परिसूचक ३.९४ अङ्कले घटेर २०८४.०९ विन्दुमा झरेको छ। बिहीबार १४१ कम्पनीको सेयर घट्यो भने ९१ कम्पनीको सेयर बढ्यो। १५ कम्पनीको सेयर स्थिर रह्यो। एक करोड १६ लाख ८९ हजार ९ सय ५५ कित्ता सेयर किनबेच हुँदा तीन अर्ब ७६ करोड ४५ लाख ५ हजार ४ सय ५० रुपैयाँको सेयर कारोबार भएको छ।
नेपाल स्टक एक्सचेन्जका अनुसार बिहीबार नेप्सेका तीन वटै सूचक घटेर राताम्मे भयो। सेन्सेटिभ सूचक ०.९६ अङ्कले घट्यो भने फ्लोट सूचक ०.२४ अङ्क र सेन्सेटिभ फ्लोट सूचक पनि ०.२७ अङ्कले घटेको छ। नेप्सेका १३ उपसमूहमध्ये ५ उपसमूह बढ्यो भने ८ उपसमूह घट्यो। बिहीबार बढ्ने उपसमूहमा टे«डिङतर्फ रह्यो । सो उपसूचक १४.६५ अङ्कले बढ्यो। त्यसैगरी विकास बैङ्कतर्फको उपसमूह ५.९५ अङ्कले बढ्यो। बिहीबार सबैभन्दा धेरै घट्ने उपसमूहमा होटेल तथा पर्यटनतर्फ रह्यो। सो उपसमूह ५८.८३ अङ्क र निर्जीवनबीमातर्फको उपसमूहभने ४७.३३ अङ्कले घट्यो।
बिहीबार सबैभन्दा धेरै सेयर बढ्ने कम्पनी सामलिंग पावर कम्पनी रह्यो। ९.९९ प्रतिशतले बढ्यो। त्यसैगरी मिडसोलु हाइड्रोपावर कम्पनीको सेयर पनि ८.७९ प्रतिशत र इन्फिनिटि लघुवित्त कम्पनीको सेयर पनि ८.१२ प्रतिशतले बढेको छ। त्यसैगरी बिहीबार सबैभन्दा धेरै सेयर घट्ने कम्पनीमा सिटिजन म्युचुल फण्ड २ कम्पनी रह्यो।
सो कम्पनीको सेयर ५.०३ प्रतिशतले घट्यो। त्यसैगरी धौलागिरि लघुवित्त कम्पनीको सेयर पनि ४.३५ प्रतिशतले घटेको छ। साताको पहिलो कारोबार दिन आइतबार नेप्से परिसूचक २५.६३ अङ्कले घटेर २१३०.१८ विन्दुमा झरेको थियो। आइतबार १७७ कम्पनीको सेयर घट्यो भने ६४ कम्पनीको सेयर बढ्यो। ६ कम्पनीको सेयर स्थिर रह्यो। आइतबार दुई करोड २८ लाख २० हजार २७९ कित्ता सेयर किनबेच हुँदा सात अर्ब ६७ करोड ७७ लाख ४० हजार ५८ रुपैयाँको सेयर कारोबार भयो।
साताको दोस्रो कारोबार दिन सोमबार दिनभरजसो नेप्से उतारचढाव हुँदै ३१.४९ अङ्कले घटेर २०९८.६९ विन्दुमा झरेको थियो। सोमबार २०९ कम्पनीको सेयर घट्यो भने ३६ कम्पनीको सेयर बढ्यो। दुई कम्पनीको सेयर स्थिर रहयो। सोमबार एक करोड ८० लाख ४३ हजार २४४ कित्ता सेयर किनबेच हुँदा ६ अर्ब ३६ करोड ६० लाख ७० हजार तीन रुपैयाँको सेयर कारोबार भयो।
साताको तेस्रो कारोबार दिन मंगलबार नेप्से परिसूचक ०.४० अङ्कले घटेर २०८८.२९ विन्दुमा झरेको थियो। सो दिन १३७ कम्पनीको सेयर घट्यो भने १०३ कम्पनीको सेयर बढ्यो। आठ कम्पनीको सेयर स्थिर रह्यो। मंगलबार एक करोड १८ लाख एक हजार तीन सय ६० कित्ता सेयर किनबेच हुँदा चार अर्ब २९ करोड ४५ लाख ६६ हजार सात सय ५१ रुपैयाँको सेयर कारोबार भयो। साताको चौथो कारोबार दिन बुधबार नेप्से १०.२५ अङ्कले घटेर २०८८.०४ विन्दुमा झरेको छ। सोदिन १५३ कम्पनीको सेयर घट्यो भने ८० कम्पनीको सेयर बढ्यो। १४ कम्पनीको सेयर स्थिर रह्यो। एक करोड १० लाख ५९ हजार नौ सय ४९ कित्ता सेयर किनबेच हुँदा तीन अर्ब ८९ करोड ७० लाख २२ हजार पाँच सय ९८ रुपैयाँको सेयर कारोबार भयो।
प्रकाशित: ११ माघ २०८० १०:३९ बिहीबार