७ मंसिर २०८१ शुक्रबार
image/svg+xml
अर्थ

साताभरिमा समग्रमा ६६ अंकले बढ्यो नेप्से

साताभरिमा सेयर मापन गर्ने परिसूचक नेप्से ६६.८२ अंकले बढेको छ।साताको दुई कारोबार दिन नेप्सेपरिसूचक बढ्यो भने बाँकी दुुई कारोबार दिन भने घट्यो। आइतबार र मंगलबार गरेर ८६.१६ अंकले बढेको नेप्सेपरिसूचक साताको तेस्रो र चौथो कारोबार दिन भने घट्यो। 

साताको अन्तिम कारोबार दिन विहीबार पनि नेप्सेपरिसूचक ७.२४ अंकले घटेर २१५५.८२ विन्दुमा झरेको छ। सो दिन नेप्सेपरिसूचक तिव्र उतारचढाव हुँदै १३३ कम्पनीको सेयर घट्यो भने ११२ कम्पनीको सेयर बढ्यो। दुई कम्पनीको सेयर स्थिर रह्यो। विहीबार २ करोड ११ लाख २५ हजार ७ सय ७६ कित्ता सेयर किनबेच हुँदा ८ अर्ब १७ करोड ४९ लाख ८६ हजार २ सय ८२ रुपैयाँको सेयर कारोबार भयो। नेपाल स्टक एक्सचेन्जमा अनुसार विहीबार नेप्सेका तीनवटै सूचक घट्यो। 

सेन्सेटिभ सूचक २.६८ अंकले घट्यो भने फ्लोट सूचक पनि ०.६१ अंकले घट्यो। त्यसैगरी सेन्सेटिभ फ्लोट सूचक पनि ०.८८ अंकले घटेको छ। नेप्सेका १३ उपसूचकमध्ये विहीबार तीन उपसूचक बढ्यो भने अन्य १० उपसूचक घट्यो। विहीबार चार वटा कम्पनीको सेयर १० प्रतिशतको दरले बढेको छ। जसमा रिडी हाइड्रोपावर, सिनर्जी पावर कम्पनी र माहुली लघुवित्त कम्पनी रह्यो। विहीबार सवैभन्दा धेरै सेयर घट्ने कम्पनीमा तेह्रथुम पावर कम्पनी रह्यो। सो कम्पनीको सेयर ९.४३ प्रतिशतले घटेको छ।

त्यसैगरी ग्लोबल आइएमई लघुवित्त कम्पनीको सेयर पनि ७.३० प्रतिशत र थ्रिस्टार हाइड्रोपावर कम्पनीको सेयर पनि ७.१९ प्रतिशतले घटेको छ। साताको पहिलो कारोबार दिन आइतबार नेप्से परिसूचक ३१.६२ अंकले बढेर २१२०.६२ विन्दुमा पुगेको थियो। सो दिन २२१ कम्पनीको सेयर बढ्यो भने ३३ कम्पनीको सेयर घट्यो। तीन कम्पनीको सेयर स्थिर रह्यो। आइतबार एक करोड ६६ लाख पाँच हजार २३४ कित्ता सेयर किनबेच हुँदा पाँच अर्ब ४५ करोड चार लाख २१ हजार ८०६ रुपैयाँको सेयर कारोबार भयो। 

साताको दोस्रो कारोबार दिन मंगलबार सेयर मापन गर्ने परिसूचक नेप्से ५४.५४ अंकले बढेको थियो। सो दिन दुई करोड ३३ लाख ७० हजार ५३ कित्ता सेयर किनबेच हुँदा आठ अर्ब दुई करोड ३८ लाख ६२ हजार ४०६ रुपैयाँ बराबरको सेयर कारोबार भयो। मंगलबार २१४ कम्पनीको सेयर बढ्यो भने ३१ कम्पनीको सेयर घट्यो। साताको तेस्रो कारोबार दिन बुधबार नेप्सेपरिसूचक १२.१० अंकले घटेर २१६३.०६ विन्दुमा झरेको थियो। सो दिन १८० कम्पनीको सेयर घट्यो भने ६३ कम्पनीको सेयर बढ्यो। चार कम्पनीको सेयर स्थिर रह्यो। बुधबार तीन करोड ३५ लाख २५ हजार ७०२ कित्ता सेयर किनबेच हुँदा नौ अर्ब ७६ करोड ८९ लाख ६९ हजार ८६८ रुपैयाँ बराबरको सेयर कारोबार भएको थियो।

प्रकाशित: ४ माघ २०८० १०:१८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App