८ मंसिर २०८१ शनिबार
image/svg+xml
अर्थ

९ अंकले नेप्से बढ्दा पाँच अर्बको कारोबार

साताको चौथो कारोबार दिन बुधबार सेयर मापन गर्ने परिसूचक नेप्से ९.५० अंकले बढेको छ। दिनभरजसो नेप्सेपरिसूचक उतारचढावपूणर् हुँदै ९.५० अंकले बढेर २०८९.६२ विन्दुमा पुगेको थियो।

बुधबार ११८ कम्पनीको सेयर बढ्यो भने ११८ कम्पनीको सेयर घट्यो। ११ कम्पनीको सेयर स्थिर रह्यो। एक करोड ३४ लाख ७७ हजार ९ सय ४६ कित्ता सेयर किनबेच हुँदा पाँच अर्ब १३ करोड ४८ लाख ४८ हजार ७ सय ८९ रुपैयाँको सेयर कारोबार भयो। नेपाल स्टक एक्सचेन्जका अनुसार बुधबार तीनवटै सूचक बढ्यो। सेन्सेटिभ सूचक ३.४० अंकले बढेको छ। फ्लोट सूचक ०.५८ अंकले बढेको छ। त्यसैगरी सेन्सेटिभ सूचक ०.९९ अंकले बढेको छ। नेप्सेका १३ उपसूचकमध्ये बुधबार ६ उपसूचक बढ्यो भने ७ उपसूचक घट्यो। बुधबार बढ्ने उपसूचकमा उत्पादन तथा प्रशोधनतर्फ रह्यो। सो उपसूचक ६६.६० अंकले बढेको छ।

माइक्रोफाइनान्सतर्फको उपसूचक पनि ३७।६९ अंकले बढेको छ। बुधबार घट्ने उपसूचकमा होटल तथा पर्यटन रह्यो। सो उपसूचक ४८.२७ अंकले घटेको छ। त्यसैगरी जीवनबीमातर्फको उपसूचक २८.०३ अंकले घट्यो । विकास बैंकतर्फको उपसूचक पनि १९.६३ अंकले घट्यो। बुधबार सवैभन्दा धेरै सेयर बढ्ने कम्पनीमा मनकामना स्मार्ट लघुवित्त कम्पनी र हिमालयन रिइन्सुरेन्स कम्पनी रह्यो। ति दुवै कम्पनीको सेयर १० प्रतिशतले बढेको छ।

त्यसैगरी मुक्तिनाथ कृषि कम्पनीको सेयर,नेपाल वायरहाउस कम्पनीको सेयर ९.९९ प्रतिशतले बढेको थियो। बुधबार सवैभन्दा धेरै सेयर घट्ने कम्पनीमा छिमेकी लघुवित्त कम्पनी रह्यो। सो कम्पनीको सेयर ५.९५ प्रतिशतले घटेको छ। त्यसैगरी ग्लोबल आइएमई बैंक लिमिटेड डिबेञ्चरको सेयर पनि ५.८७ प्रतिशतले घटेको छ। त्यसैगरी अप्पर हेवाखोला हाइड्रोपावर कम्पनीको सेयर पनि ४.६१ प्रतिशतले घटेको छ।

साताको पहिलो कारोबार दिन आइतबार नेप्से २६.३६ अंकले घटेर २०२२.९२ विन्दुमा झरेको थियो। सो दिन १५९ कम्पनीको सेयर घट्यो भने ८१ कम्पनीको सेयर बढ्यो। ६ कम्पनीको सेयर स्थिर रह्यो। आइतबार एक करोड ५२ लाख ६८ हजार तीन सय ९९ कित्ता सेयर किनबेच हुँदा पाँच अर्ब २४ करोड १४ लाख आठ हजार तीन सय ७९ रुपैयाँको सेयर कारोबार भएको छ।

साताको दोस्रो कारोबार दिन सोमबार नेप्से ३६.५७ अंकले बढेर २०५९.४९ विन्दुमा पुगेको थियो। सो दिन २१२ कम्पनीको सेयर बढ्यो भने २९ कम्पनीको सेयर घट्यो। पाँच कम्पनीको सेयर स्थिर रह्यो। सोमबार एक करोड ३७ लाख ९ हजार २ सय ७६ कित्ता सेयर किनबेच हुँदा चार अर्ब ६७ करोड ५२ लाख २४ हजार  ९ सय ६ रुपैयाँको सेयर कारोबार भयो।

साताको तेस्रो कारोबार दिन मंगलबार २०.६२ अंकले बढेर २०८०.१२ विन्दुमा पुगेको थियो। सो दिन १६५ कम्पनीको सेयर बढ्यो भने ७७ कम्पनीको सेयर घट्यो। पाँच कम्पनीको सेयर भने स्थिर रह्यो। मंगलबार एक करोड ७९ लाख ४९ हजार पाँच सय ६२ कित्ता सेयर किनबेच हुँदा ६ अर्ब ११ करोड ८३ लाख १७ हजार आठ सय ६६ रुपैयाँको सेयर  कारोबार भयो।

प्रकाशित: २५ पुस २०८० १०:३५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App