६ आश्विन २०८१ आइतबार
image/svg+xml
अर्थ

रकम हिनामिना गरेको आरोपमा कान्तिभैरव सहकारीका अध्यक्ष पक्राउ

गोकर्णेश्वर नगरपालिका वडा नम्बर ८ अत्तरखेलमा रहेको कान्तिभैरव बचत तथा ऋण सहकारीका अध्यक्ष हरिकृष्ण श्रेष्ठ पक्राउ परेका छन्।

श्रेष्ठलाई मंगलबार बौद्ध प्रहरीले पक्राउ गरेको हो उनीसँगै सहकारीका सञ्चालक समितिका सदस्यहरू प्रेम श्रेष्ठ, राजेन्द्र श्रेष्ठ शेयरलाल श्रेष्ठ पनि पक्राउ परेका छन्।

उनीहरुमाथि सहकारीको करिब १ अर्ब २० करोड रकम हिनामिना गरेको आरोप छ। सहकारीका ८ सय बढी बचतकर्ताहरुको रकम उनीहरुले हिनामिना गरेको आरोपमा पक्राउ गरेको प्रहरीले जनाएको छ। 

प्रकाशित: २४ पुस २०८० ०७:४० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App