२२ आश्विन २०८१ मंगलबार
image/svg+xml
अर्थ

निप्पोन पेन्ट नेपालमा

काठमाडौं – भारतको रंग उत्पादक कम्पनी निप्पोन पेन्ट नेपाली बजार प्रवेश गरेको छ । राजधानीमा शुक्रबारबाट सुरु भएको ‘नेपाल बिल्डकन इन्टरनेसनल एक्स्पो २०१८’ मा सहभागिता जनाएसँगै निप्पोनले नेपाली बजार प्रवेशको घोषणा गरेको हो।

एक्स्पोकै सबैभन्दा ठूलो प्रदर्शक निप्पोन पेन्ट सहआयोजक समेत हो । आफ्ना विभिन्न उत्पादनमार्फत यसले  सानादेखि ठूला संस्थागत ग्राहकसम्म लक्ष्य गरेको छ । एक्स्पोमा रहेको आफ्नो स्टलमा निप्पोनले विभिन्न मूल्यका अन्तर्राष्ट्रिय गुणस्तरयुक्त, वातावरणमैत्री र उच्च प्रविधियुक्त सजावट रंग प्रदर्शनमा राखेको छ।

‘नेपालको बढिरहेको रंग बजारमा आफ्नो हिस्सा उल्लेख्य दरमा वृद्धि गर्न चाहन्छौं,’ निप्पोन पेन्ट इन्डियाका अध्यक्ष एस महेश आनन्दले भने, ‘हाम्रा उत्पादन र ब्रान्ड प्रवद्र्धन गर्न नेपाल बिल्डकन एक्स्पो महत्वपूर्ण मञ्च हो । त्यसबाहेक व्यापारिक साझेदारसँग जोडिन पनि मद्दत पुगेको छ।’

निप्पोन पेन्ट एक सय ३७ वर्षअघि जापानमा स्थापना भएको थियो । यो एसियाकै प्रमुख तथा विश्वका ठूला रंग उत्पादक कम्पनीमध्ये एक हो।   
 

प्रकाशित: २८ माघ २०७४ ०७:०५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App