७ आश्विन २०८१ सोमबार
image/svg+xml
अर्थ

नाडा अध्यक्षमा चौधरीलाई डल्लाकोटीको समर्थन

नाडाको अध्यक्ष करण चौधरीलाई पूर्वउपाध्यक्ष नवराज डल्लाकोटीले पनि समर्थन गर्ने भएका छन्।

अध्यक्षका आकांक्षी करण चौधरी, आकाश गोल्छा र प्रकाशक पुरीबीच सहमति जुटेपछि अध्यक्षमा करण र वरिष्ठ उपाध्यक्षमा आकाश गोल्छा रहने तय भएको थियो। पछिल्लो समयमा सो सहमति बिरुद्ध नाडाका पूर्व उपाध्यक्ष डल्लाकोटीले अध्यक्षमा उम्मेद्वारी दिने घोषणा गरेपछि फेरि निर्वाचन प्रक्रियामा जानुपर्ने अवस्था सिर्जना भएको थियो। सो घोषणापछि नाडाको नेतृत्व चयन गर्ने प्रक्रिया थप जटिल बनेको थियो।

नाडाको नेतृत्व अहिलेको समयमा निर्वाचन प्रक्रियाभन्दा सहमतिमै चयन हुनुपर्छ भन्ने धारणा अनुरूप डल्लाकोटीले पनि चौधरीलाई नै अध्यक्षको रूपमा समर्थन गरेका छन्। सो समर्थनपछि करण चौधरी नै नाडाको अध्यक्ष हुने र सहमतिपछि चुनाब नहुने पक्का भएको छ।  

प्रकाशित: १३ पुस २०८० ०१:३३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App