२५ असार २०८१ मंगलबार
image/svg+xml
अर्थ

सुनको मूल्यमा फेरि नयाँ रेकर्ड

विवाहको सिजन चलिरहेको बेला सुनको मूल्यमा निरन्तर उछाल आइरहेको छ। नेपाली बजारमा आज सुनको मूल्य फेरि उच्च बिन्दुमा पुगेर नयाँ रेकर्ड कायम गरेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आजर सुनको मूल्य बढेर १ लाख २१ हजार ६ सय रुपैयाँ कायम भएको छ। आइतवारको तुलनामा मूल्य प्रतितोला ८ सय रुपैयाँले बढेको हो। आइतवार छापावाला सुनको मूल्य १ लाख २० हजार ८ सय रुपैयाँ कायम भएको थियो।

त्यसैगरी, तेजावी सुनको मूल्य प्रतितोला १ लाख २१ हजार रुपैयाँ र चाँदीको मूल्य तोलाको १५ सय ४५ रुपैयाँ रहेको महासंघले जनाएको छ। 

सुनको मूल्यमा अचाक्ली मूल्यवृद्धि भए पछि विवाह गर्नेहरुको लागत बढ्ने भएको छ। नेपालीहरुले विवाह गर्दा बेहुली, बेहुला, बेहुलाका आफन्तले सुन लगाउने तथा सुन दाईजो दिने परम्परा पनि रहेको छ।

प्रकाशित: १८ मंसिर २०८० ०५:५३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App