२३ असार २०८१ आइतबार
image/svg+xml
अर्थ

झिनो अङ्कले घट्यो नेप्से

साताको तेस्रो कारोबार दिन मंगलबार नेप्से परिसूचक झिनो अङ्कले  घटेको छ। मंगलबार नेप्से परिसूचक दिनभरजसो नेप्से परिसूचक उतारचढाव हुँदै २.१७ अङ्कले घटेर १८९४.५३ विन्दुमा झरेको छ।

मंगलबार १२६ कम्पनीको सेयर घट्यो भने १०२ कम्पनीको सेयर बढ्यो। ११ कम्पनीको सेयर स्थिर रह्यो। मंगलबार ४७ लाख २७ हजार ९ सय २ कित्ता सेयर किनबेच हुँदा एक अर्ब २८ करोड २ लाख २८ हजार ९ सय ७१ रुपैयाँको सेयर कारोबार भयो।

नेपाल स्टक एक्सचेन्जका अनुसार मंगलबार नेप्सेका तीन वटै सूचक घटे। सेन्सेटिभ सूचक ०.८६ अङ्कले घट्यो। फ्लोट सूचक १३ अंक र सेन्सेटिभ फ्लोट सूचक पनि १५ अङ्कले घट्यो। नेप्सेका १३ उपसूचकमध्ये बिहीबार ८ उपसूचक बढ्यो भने ५ उपसूचक घट्यो। मंगलबार सबैभन्दा धेरै घट्ने उपसूचकमा टे«डिङ तर्फ रह्यो। सो उपसूचक २७.८० अङ्कले घट्यो। त्यसैगरी विकास बैङ्कतर्फको उपसूचक १९.४७ अंक र माइक्रोफाइनान्सतर्फको उपसूचक १९.३२ अङ्कले घटेको छ। मंगलबार बढ्ने उपसूचकमा होटेल तथा पर्यटनतर्फ रह्यो। सो उपसूचक १६९.८४ अङ्कले बढेको छ।

त्यसैगरी उत्पादन तथा प्रशोधनतर्फको उपसूचक ३३.२९ अङ्कले बढेको छ। फाइनान्सतर्फको उपसूचक ५.५८ अङ्कले बढेको छ। मंगलबार सबैभन्दा धेरै सेयर बढ्ने कम्पनीमा बुद्ध भूमि नेपाल हाइड्रोपावर कम्पनी रह्यो। सो कम्पनीको सेयर ९.९७ प्रतिशतले बढेको छ। मन्दाकिनी हाइड्रोपावर कम्पनीको सेयर .९२ प्रतिशत र तारागाउँ रिजेन्सी होटेलको सेयर पनि ८.२४ प्रतिशतले बढेको छ। मंगलबार सबैभन्दा धेरै सेयर घट्ने कम्पनीमा नारायणी विकास बैंक रह्यो। सो कम्पनीको सेयर ५.३३ प्रतिशतले घट्यो। त्यसैगरी मिडसोलु हाइड्रोपावर कम्पनीको सेयर ४.७५ प्रतिशत र विजय लघुवित्त कम्पनीको सेयर पनि ४.६७ प्रतिशतले घट्यो।

साताको पहिलो कारोबार दिन आइतबार नेप्से परिसूचक ४७.७५ अङ्कले बढेर १९०७.९५ विन्दुमा पुगेको थियो। आइतबार २१४ कम्पनीको सेयर बढ्यो भने २३ कम्पनीको सेयर घट्यो। ३ कम्पनीको सेयर स्थिर रह्यो। आइतबार सेयर कारोबार कित्ता र रकममा पनि बढेको छ। आइतबार ६५ लाख ३० हजार ६ सय ४३ कित्ता सेयर किनबेच हुँदा दुई १ करोड १७ लाख ६३ हजार ३ सय ५ रुपैयाँको सेयर कारोबार भएको थियो। साताको दोस्रो कारोबार दिन सोमबार नेप्से परिसूचक ११.२७ अङ्कले घटेर १८९६.६७ विन्दुमा झरेको छ। सोमबार १६६ कम्पनीको सेयर घटेको छ भने ६५ कम्पनीको सेयर बढ्यो। ८ कम्पनीको सेयर भने स्थिर रह्यो। सोमबार ६० लाख १७ हजार ३ सय ९७ कित्ता सेयर किनबेच हुँदा एक अर्ब ७५ करोड ४७ लाख ५० हजार ७ सय ५५ रुपैयाँको सेयर कारोबार भयो।

प्रकाशित: १२ मंसिर २०८० १०:४९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App