१६ असार २०८१ आइतबार
image/svg+xml
अर्थ

बीमा क्षेत्रको नियमक निकाय बलियो नहुँदा बीमा क्षेत्रमा समस्या छन्ः अर्थमन्त्री महत

अर्थमन्त्री डा.प्रकाशशरण महतले बीमा क्षेत्रमा नियमक निकाय बलियो नहुँदा बीमा क्षेत्रमा समस्या रहेको बताएका छन्।

मंगलवार पुनर्बीमा कम्पनी लिमिटेडको १० औं वार्षिकोत्सवको अवसर नेपाल पुनर्बीमा स्मारिका विमोचन कार्यक्रममा बोल्दै यस्तो बताएका हुन्।

उनले नेपालको बीमा क्षेत्र सुधारको लागि नियमक निकाय बलियो हुन आवश्यक रहेको बताए। उनले पछिल्लो समय बीमा क्षेत्रलाई नियमन गर्ने निकाय मजबुत हुन नसक्दा समस्या आइरहेको उल्लेख गरे। अर्थमन्त्री महतले बीमाको नियमक निकाय र बीमा क्षेत्र सुधारको आवश्यकता रहेको बताए। नेपालका ठूला जलविद्युत आयोजना निर्माण हुँन लागेको र जलवायु परिवर्तनको समेत असर बढ्दै गएकाले पुनःबीमा कम्पनी ठूलो महत्व रहेको उनको भनाइ छ। उनले बीमामा निजी क्षेत्रलाई पनि प्रतिष्पर्धी बनाउनको लागि राज्यको उपस्थिति बलियो बनाएर निजी क्षेत्रमा हुने अनियमिततालाई रोक्न सक्नुपर्ने अहिलेको आवश्यकता रहेको बताए। उनले सरकारी स्वामित्वमा रहेको संस्थाहरुमा जिम्मेवार व्यक्तिहरुले व्यवसायिक हिसाबले काम नगरेको अवस्था रहेको बताए।

उनले भने,‘पुनर्बीमा कम्पनी लिमिटेड सरकारी दायित्व छ। त्यो हुने बित्तिकै काममा उदासिन हुने व्यवसायिकतामा कमजोर देखिने गरेको छ। हामी प्रमुख भएका छौं कसैले हटाउन सक्दैन काम गरे पनि हुन्छ नगरेपनि हुन्छ भन्ने प्रवृत्तिले गर्दा राज्यले सम्पूर्ण लगानी र पूर्वाधार बनाउँदा पनि निजी क्षेत्र अगाडि बढ्ने अवस्था हुनु भएन। जिम्मेवारीबोध सबैले गर्नुपर्छ। जिम्मेवारी लिएपछि राम्रो काम गर्न आवश्यक छ। त्यो भए राम्रो रिजल्ट आउँछ। तर कहिले ४ बज्छ भन्ने भयो भने रिजल्ट आउँदैन। पुनर्बीमाको काम अत्यन्तै महत्वपूर्ण छ। ठूला जलविद्युत बन्ने र जलवायु परिवर्तनको असर पनि भएकाले पुनःबीमा कम्पनी ठूलो महत्व छ। यसले निजी क्षेत्रलाई पनि प्रतिष्पर्धी बनाउने गरी राज्यको उपस्थित हुनुपर्छ। यसले निजी क्षेत्रमा हुने अनियमितालाई चेक गर्न सक्नुपर्छ । बीमाको नियमकहरुको पनि धेरै ठूलो भुमिका छ। हाम्रोमा नियमक र अर्को पनि त्यस्तै हुनाले धेरै कुराहरु बिग्रेको छ। सुधार गर्न आवश्यक छ। व्यवसायीकतालाई सबैभन्दा उच्च महत्व दिएर काम गर्नुपर्छ।’

प्रकाशित: २१ कार्तिक २०८० १३:०१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App