६ आश्विन २०८१ आइतबार
image/svg+xml
अर्थ

कोलकातामा नेपालीकार्गोलाई थप टर्मिनल

कोलकतास्थितबन्दरगाहबाट नेपालीकार्गो ओसार्न प्रयोगमाल्याइएको माजरहाट टर्मिनल । तस्बिर : रितेश त्रिपाठी

वीरगन्ज – भारतले कोलकाताबन्दरगाहमा नेपाली सामानबोकेका कन्टेनरकालागिथप एउटा टर्मिनलप्रयोग गर्ने सुविधादिएको छ ।भारतीय रेल्वेको भगिनी संस्था ‘कन्कोर’लेकोलकातास्थित ‘माजरहाट टर्मिनल्स’ नेपालीकार्गो ओसारपसारकालागिप्रयोगमाल्याउने सुविधादिएको हो ।कोलकाताबन्दरगाहमा सधैं जामको समस्या र यसले करोडौं रुपैयाँविलम्बशुल्कको भार खेपिरहेका नेपालीव्यवसायीलाई यो सुविधाले धेरै राहतहुनेछ । 

तेस्रो मुलुकका सामानआयातगर्दा नेपालीकार्गोेकालागिथप एउटा टर्मिनल (रेलको र्‍यामा कन्टेनर हाल्ने र ओराल्ने ठाउँ) कोलकातामाउपलब्धभएको हो । यसले कोलकातास्थितभारतीयबन्दरगाहको बाटो आयातव्यापार सहजपार्ने उद्योगी, व्यवसायीले बताएका छन्। 

बंगालको खाडी भन्ने समुद्रसँग जोडिएको हुगली (गंगा) नदीको जलाधारमाबनेको कोलकाताबन्दरगाहमाविदेशबाट जहाजमाआइपुगेकामालबाहक कन्टेनर ओराल्न, त्यहाँबाट नेपालकालागिचलानगर्न र फेरिखाली कन्टेनर संकलनगर्न ठाउँको कमीहुँदै आएको थियो। 

नेपालले यो टर्मिनलकालागिधेरै दिनअघि प्रस्तावगरेको थियो । तर कार्यान्यवनहुन सकेको थिएन । माजरहाट टर्मिनलप्रयोगमाल्याउने कामकोलकातापोर्ट ट्रस्टको स्वीकृतिपछि यहीअक्टोबरमा सुरु भएको हो । ‘यो धेरै नै महŒवपूर्ण कुरा हो, पहिले बन्दरगाहबाट मात्रलोड–अनलोड हुनपाएको नेपालीकार्गोको लागिअबथप एक ठाउँमा सुविधाप्राप्तभएको छ,’ वीरगन्ज सुक्खाबन्दरगाह सञ्चालनगर्ने कम्पनीहिमालयन टर्मिनल्सकाप्रमुखकार्यकारी अधिकृत विष्णुकान्त चौधरीले भने, ‘यसले कन्टेर ओसारपसारमा सहजहुने भएपछि समग्र व्यापारमा सकारात्मकप्रभाव देखिने छ ।’

अक्टोबर १ देखि३१ सम्मको एक महिनामामाजरहाटबाट १६ वटा रेकमा एक हजार चार सय ४० वटा (२० फिटको एकाइमा) कन्टेनर लोड भएर नेपालआएका छन् । कोलकाताबाटभने यस अवधिमा ३२ र्‍याकमा कन्टेनर आएका छन् । तीमध्ये सुक्खाबन्दरगाहमा २९ वटा ¥याकआइपुगेका छन् । ‘अहिलेसम्म कै उच्च रफ्तारमाहामीले कन्टेनर ओसारिरहेका छौं,’ चौधरीले भने, । कोलकाताबाट हिँडेकाआठवटा ¥याकबुधबारसम्म बाटोमारहेको उनले जानकारी दिए । पछिल्लो दुईमहिनादेखि कोलकताबन्दरगाहमा कन्टेनरकोचाप र जामले गर्दा नेपालीआयातव्यापारले विलम्बशुल्क र जरिवानाको मार खेपिरहेको छ । यस्तोमा माजरहाट टर्मिनल्स कन्कोरले प्रयोगमाल्याएर नेपालीकार्गो ढुवानी व्यवस्थापनलाई धेरै राहत पु¥याएको कोलकातास्थित ‘कन्टेनर ह्यान्डलिङ एजेन्ट’ बताउँछन्।

‘नेपालीकार्गोलाई बेलैमागन्तव्यपु¥याउन र फर्काउनमा समस्याहरु छँदै छन्, यसैबीचमा योसुखदखबर आएको हो,’ नेपालीकार्गो ह्यान्डिल गर्ने रिभरो ओभरसिजका सञ्चालकमोहनबन्दारुले भने, ‘माजरहाट टर्मिनलप्रयोगमाआउनु भनेको उपलब्धिहो ।’ नजिकै रहेको अर्को एउटा ठाउँ नेपाल सरकारको स्वामित्वको भएर पनिप्रयोगमाआउननसकेको नेपालउद्योग वाणिज्य महासंघका सदस्यअशोक टेमानीले बाए । ‘हामीले र अरु सरोकारवालाले माजरहाटलाई प्रयोगमाल्याउनआग्रहगरिरहेकाथियौं,’ आयातकर्ता समेत रहेका टेमानीले भने, ‘जसरी माजरहाट टर्मिनलअहिले प्रयोगमाआएको छ, सोही ठाउँमा रहेको पारवहनतथागोदामव्यवस्थाकम्पनीको जग्गापनि नेपालीकार्गो व्यवस्थापनको लागिप्रयोगमाल्याउन सक्नुपर्छ।’ 

 

प्रकाशित: १७ कार्तिक २०७४ ०६:३४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App