२१ असार २०८१ शुक्रबार
image/svg+xml
अर्थ

सकर र भलिबल प्रतियोगिता सम्पन्न

इन्ट्रानेसनल वेलफेयर एन्ड सपोर्ट फाउन्डेसन अफ अमेरिकाले न्युयोर्कको रोचेस्टरमा वार्षिक ‘इन्ट्रा कप-२०२३’ सकर र भलिबल प्रतियोगिताको आयोजना सफलतापूर्वक गरेको छ।

इन्ट्रा फाउन्डेसनका अध्यक्ष दिल्ली अधिकारीका अनुसार खेलकुदमा सहभागिता प्रबद्र्धन गर्दै समुदाय माझ स्पोर्ट्स म्यानसिपलाई बढावा दिनु प्रतियोगिताको प्रमुख उद्देश्य भएको बताए। उनले खेलको माध्यमबाट नेपालीलाई एकताको सुत्रमा बाँध्नु र सहकार्यलाई बढावा दिँदै नेपाली भाषाको प्रबद्र्धन समेत गर्नु कार्यक्रमको उद्देश्य भएको जानकारी दिए।

तेस्रो इन्ट्रा कप सकर टुर्नामेन्टमा पुरुषतर्फका विजेता टिमाई स्क्वाडले १५ हजार अमेरिकी डलर नगद पुरस्कार हात पारेका छन् भने महिलातर्फका विजेता साइनिङ स्टार्सले १० हजार अमेरिकी डलर नगद पुरस्कार हात पारेका छन्। यस्तै भेट्रानको उपाधि लगातार दोस्रो वर्ष पनि सिन्सी इन्ट्रा एफसीले जितेको छ। सिन्सी इन्ट्राले यो जितसँगै १० हजार अमेरिकी डलर, नगद पुरस्कार हात पारेका छन्।

यस्तै तेस्रो इन्ट्रा कप भलिबल टुर्नामेन्ट महिलाको उपाधि बेलमोन्टले जितेको छ। विजेता समूहले आठ हजार अमेरिकी डलर नगद हात पारेका छन्। पुरुषको उपाधि रुकुम एले जितेर १० हजार अमेरिकी डलर नगद पुरस्कार हात पारेका छन्।

प्रकाशित: १५ आश्विन २०८० ०२:५३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App