१९ असार २०८१ बुधबार
image/svg+xml
अर्थ

स्वस्तिक रोलिङलाई टाटाको ‘बेस्ट भ्यालुड कस्टमर अवार्ड’

सुनसरीको स्वस्तिक रोलिङ मिल्सले भारतको टाटा आइरन एण्ड स्टिल कम्पनीबाट ‘बेस्ट भ्यालुड कस्टमर’को अवार्ड प्राप्त गरेको छ।

स्वस्तिक रोलिङ मिल्सले ‘बजरंग’ ब्रान्डको टिएमटी छडलगायतका सामग्री उत्पादन गर्दै आएको छ। १० महिनाअघिदेखि व्यावसायिक उत्पादन थालेको स्वस्तिक रोलिङ मिल्सले छोटो समयमा गुणस्तरीय उत्पादन गरेकाले अवार्ड प्राप्त गरेको बताइएको छ।

कोलकाताको ओबराय ग्राण्ड होटलमा आयोजित कार्यक्रममा टाटा आइरन एण्ड स्टिलका प्रबन्धनिर्देशक आशिष अनुपमले स्वस्तिक रोलिङका निर्देशक रमेश राठीलाई ‘बेस्ट भ्यालुड कस्टमर’ अवार्डले सम्मानित गरे। उद्योगले ‘बजरंग’ ब्राण्डमा टिएमटी छडका साथ एंगल, च्यानल र आई बिमको पनि उत्पादन गर्दै आएको छ।

एंगल, च्यानल र आई बिमको प्रयोग साना–ठूला सबै खाले घर बनाउन, घरमा ट्रस हाल्न, विद्युत् प्रसारण लाइनको टावर बनाउन, इन्टरनेट र रेडियोको टावर बनाउन, साना–ठूला सेड बनाउनलगायत विविध प्रयोजनमा प्रयोग गर्न सहज हुनेछ।

स्वस्तिक रोलिङ मिल्सले व्यावसायिक उत्पादनको एक वर्ष नपुग्दै टाटा आइरनबाट अवार्ड प्राप्त गर्न सक्नु ठूलो उपलब्धि भएको निर्देशक राठीले बताए। उनले टाटा स्टिल भारतको सबैभन्दा ठूलो र ब्राण्डेड फलाम उद्योग भएकाले गुणस्तरीय मालवस्तु र कच्चा पदार्थ उत्पादन गर्दै आएको छ।

भारतका अन्य उद्योगको उत्पादनका तुलनामा गुणस्तरीय मानिएको टाटा कम्पनीबाट स्वस्तिक रोलिङले बिलेट उत्पादन गर्न आवश्यक पर्ने कच्चा पदार्थ स्पन्ज आइरन आयात गरिरहेको छ।

फलाम खानी र प्रशोधनका कारखानाहरू भारतका विभिन्न स्थानहरूमा एक सयभन्दा बढी रहेको बताउँदै, निर्देशक राठीले भने, ‘स्वस्तिक रोलिङले टाटा स्टिलबाट आयात गरेको कच्चा पदार्थ स्पन्ज आइरनबाट बिलेट उत्पादन गर्दै आएको छ।

उत्पादन सुरु भएको वर्ष दिन नपुग्दै टाटा स्टिलले हाम्रो कम्पनीलाई ‘बेस्ट भ्यालुड कस्टमर’को अवार्ड प्रदान गर्नु खुसी र गौरवको कुरो हो। उद्योगले टिएमटी छडको उत्पादन र बजारीकरणलाई प्राथमिकतामा राखेको र सात देखि ४० एमएमसम्मका छड उत्पादन गरिरहेको छ।’

‘बजरंग’ ब्राण्डका छडहरूको ‘ग्रिपिङ’ उच्च स्तरको भएकाले यसले मसला बलियो गरी समात्न सक्ने बताउँदै निर्देशक राठीले भने, ‘हामी गुणस्तरप्रति सधैं सचेत र सजग छौं। हाम्रो उत्पादनप्रति ग्राहकको विश्वास र भरोसले गर्दा नै छोटो समयमा अवार्ड प्राप्त गर्न सक्यौं।’

प्रकाशित: ७ आश्विन २०८० ०४:२६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App