१९ असार २०८१ बुधबार
image/svg+xml
अर्थ

फ्रन्टलाइन हस्पिटलमा सानिमाका ग्राहकलाई छुट

सानिमा बैंकले आफ्ना ग्राहकलाई डिजिटल बैंकिङका माध्यमहरू प्रयोग गरी डिजिटल भुक्तानीलाई प्रोत्साहन गर्न पुरानो बानेश्वरस्थित फ्रन्ट लाइन हस्पिटलमा छुट दिने व्यवस्था गरेको छ। त्यस व्यवस्थाअन्तर्गत सानिमा भिसाडेबिट/क्रेडिट कार्ड तथा सानिमा मोबाइल बैंकिङ एप प्रयोगकर्ताहरूले डिजिटल माध्यमबाट भुक्तानी गर्दा विशेष छुट प्राप्त गर्न सक्नेछन्।

सानिमा बैंकका ग्राहकले ओपिडी/आइपिडी तथा बेड सम्बन्धी शुल्कहरूमा १३ प्रतिशत, औषधीको शुल्कहरूमा सात प्रतिशत र सर्जरी शुल्कमा पाँच प्रतिशत छुट प्राप्त गर्न सक्नेछन्। सानिमा बैंकले देशको सातै प्रदेशमा एक सय ३२ वटा कार्यालयहरू तथा एक सय २३ वटा एटिएमहरू सञ्चालन गरिरहेको छ।

प्रकाशित: २ आश्विन २०८० ०२:५५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App