२० वैशाख २०८१ बिहीबार
image/svg+xml
अर्थ

मुक्तिनाथका कृषि संरचनाको उद्घाटन

कृषि तथा पशुपन्छी विकास मन्त्री वेदुराम भुसालले पाँच कृषि संरचनाको उद्घाटन गरेका छन्। ती संरचना मुक्तिनाथ कृषि कम्पनीले तयार गरेका हुन्।  कम्पनीले तयार गरेको पाँच वर्षे रणनीतिक योजना ‘भिजन २०८५’ अनुसार कृषक, उपभोक्ता, व्यावसायिक साझेदार र सेवाग्राहीलाई देशव्यापी रूपमा उच्चस्तरीय र दीगो सेवा प्रदान गर्ने अभिप्रायले तीसंरचनाहरू तयार गरिएको कम्पनीले जनाएको छ।  

कम्पनीका अनुसार ती संरचनाहरूमा कम्पनीले प्रादेशिक कार्यालयहरू, फार्म उत्कृष्टता केन्द्र, कृषि व्यवसाय परामर्श केन्द्र, कृषकसँग मुक्तिनाथ कल सेन्टर, मुक्तिनाथ एप आदि पर्दछन्।  

कृषि तथा पशुपन्छी विकास मन्त्री भुषालले कृषिक्षेत्रको समग्र विकासमा निजीक्षेत्रको भूमिका महत्वपूर्ण रहने बताउँदै कृषकको उत्पादन र उत्पादकत्व वृद्धिका लागि सरकारले सिँचाइलगायत कृषि संरचनाहरूको विकासमा जोड दिने र खरिद सुनिश्चितता गर्ने संरचनाको निर्माणमा सबै मिलेर लाग्नुपर्ने बताए।

कम्पनीका अध्यक्ष भरतराज ढकालले मुक्तिनाथ कृषि जस्ता पब्लिक कम्पनीहरूको लगानीलाई आकर्षण, प्रवद्र्धन, विकास र नियमनका लागि प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय मातहत एकीकृत कृषि विकास प्राधिकरण स्थापना गर्दै सार्वजनिक निजी सहकारीको साझेदारीमा कृषिचक्रको निर्माण गर्नुपर्ने बताए।

प्रकाशित: १९ भाद्र २०८० ०३:०७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App