२१ आश्विन २०८१ सोमबार
image/svg+xml
अर्थ

'विज्ञापन बजारलाई खुम्च्याउने विषय बोर्डलाई मान्य हुँदैन'

लक्ष्मण हुमागाई अध्यक्ष, नेपाल विज्ञापन बोर्ड

विज्ञापन आउने भनेको विज्ञापनदाताबाट हो। त्यसैले यो उद्योगको जग नै विज्ञापन दाता हो। एजेन्सी, क्लाइन्ट र मिडिया मात्र भएर हुदैन् किनभने विज्ञापन दाताबाट विज्ञापन सुरु हुन्छ। यस क्षेत्रमा उत्पादन भन्दा पनि आयात बढी छ। हामीले हाम्रो विज्ञापनहरूलाई बजार व्यवस्थापन गर्न सकिरहेका छैनौं। विज्ञापन उत्पादन गरेर बिक्री गर्न मात्र खोज्यौं। न बजार व्यवस्थापन गर्नतर्फ ध्यान दिएका छौं, न त उत्पादनको ब्राण्ड जति बेच्नुपर्ने हो त्यति बेचेका छौं। नेपालमा मिडियाको संख्या अत्यधिक छ। यो विषयलाई विज्ञापन बोर्डले हेरिरहेको छ। मिडिया कन्टेन्टमा पनि नियन्त्रण भएको छैन। 

अनियन्त्रित मिडिया कन्टेन्टका कारण पनि कतिपय सञ्चारमाध्मममा विजिनेस आउन सकेको छैन। छापा सञ्चार माध्यममा बिक्रीवितरणको पनि समस्या छ। विज्ञापनदाता पनि विज्ञापन गर्न प्रोत्साहित गर्नुपर्छ। विज्ञापन गरेपछिको हरेक हिसाब किताब पारदर्शी हुनुपर्छ। मिडिया रेटिङ हुनु पनि आवश्यक छ। विज्ञापन एजेन्सीसँग नेपाल रिपव्लिक मिडियाले छलफल आयोजना गरेर सकारात्मक कामको थालनी गरेको छ। विज्ञापन बोर्डले गर्न नसकेको काम रिपब्लिक मिडियाले गरेको छ। यस्तो छलफल व्यापक हुनुपर्छ। 

विज्ञापन बजारलाई खुम्च्याउने विषय विज्ञापन बोर्डको लागि कदापि मान्य हुँदैन। सरकारी कानुन विरूद्धमा कुनै पनि निकाय जान सक्दैन । नियमनकारी निकायले नियमन मात्र गरेको तर उक्त क्षेत्रको विकास तथा विस्तारका लागि केही नगरेको देखिएको छ। विज्ञापनको नीतिगत वकालत गर्न सम्बन्धित संस्थाहरू एकजुट भएको देखिँदैन। विज्ञापनको बारेमा बृहत् छलफmको कमी छ। विज्ञापन बजारको लागि नीतिगत रूपमा एकताद्धता हुनुपर्छ। सञ्चार माध्यम र विज्ञापन एजेन्सीहरूले बिक्रीवितरण, मूल्य, विलिङलगायतको कुरामा पारदर्शी हुनुपर्छ। मूल्य घटाउने काम एजेन्सीले मात्र होइन सञ्चार माध्यमले पनि गरेको हो।

(नेपाल रिपब्लिक मिडियाले बुधबार आयोजना गरेको ‘रिभाइभ एन्ड ग्रो टुगेदर’ अन्तरसंवाद कार्यक्रममा व्यक्त विचार)

प्रकाशित: १ भाद्र २०८० ०८:३४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App