२४ असार २०८१ सोमबार
image/svg+xml
अर्थ

राजविराजमा मिटरब्याजसम्बन्धी ८१ मुद्दाको टुङ्गो लाग्यो

राजविराजमा निवेदन परेका मिटरब्याजसम्बन्धी ८१ वटाको निवेदन टुङ्गो लगाइएको छ। जिल्ला प्रशासन कार्यलय सप्तरीका अनुसार  केही दिनयता दैनिकरूपमा छलफल चलाइरहेको अवस्थामा ८१ निवेदन फर्छ्योट भएको जनाएको छ। सप्तरी जिल्लामा मिटरब्याजसम्बन्धी एक हजार पाँच सय ७९ निवेदन परेको छ।

निवेदन उपर जिल्ला प्रशासन कार्यालयमा दैनिक छलफल भइरहेको प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापाले जानकारी दिए। उनले भने, ‘अहिले दुई ठाउँमा राखेर छलफल भइरहेको छ, छिटोभन्दा छिटो मुद्दा टुङ्गियोस् भन्ने हाम्रो चाहना छ।’ उनका अनुसार मिटरब्याज पीडितले दिएको निवेदनका आधारमा पीडित र पीडकलाई बोलाएर छलफल गर्ने गरिएको छ।

पीडित र पीडकको तर्फबाट एक÷एक, जिल्ला प्रशासन कार्यालयका एक जना र जिल्ला प्रहरी कार्यालयका एक जना राखेर छलफल चलाइएको प्रजिअ थापाले जानकारी दिए। आवश्यक पर्दा मालपोत, नापीका कर्मचारीलाई पनि छलफलमा सहभागी गराइने गरेको उहाँले बताउनुभयो। उहाँका अनुसार अहिलेसम्म आठ सय तीन पटक छलफल भइसकेको छ। उनले  निवेदन परेका मिटरब्याजसम्बन्धी मध्ये ८१ वटा निवेदन फर्छ्योट हुँदा रु चार करोड ७६ लाख पीडितले साहुलाई तिराएको बताए।दुई करोड ८८ लाख ४४ हजारको तमसुक च्यातिएको छ भने १२ बिघा १२ कठ्ठा १६ धुर जग्गा पीडितलाई फिर्ता भएको प्रजिअ थापाले जानकारी दिए।

प्रकाशित: १२ श्रावण २०८० १५:५६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App