२३ असार २०८१ आइतबार
image/svg+xml
अर्थ

सिंगटी हाइड्रो इनर्जीको बिक्री प्रबन्धकमा कुमारी क्यापिटल

सिंगटी हाइड्रो इनर्जी र कुमारी क्यापिटलबीच सम्झौंता भएको छ । सम्झौता अनुरूप सिंगटी हाइड्रो इनर्जीले प्रतिसेयर सय रूपैयाँ अंकित दरको १ करोड ४५ लाख कित्ता हकप्रद साधारण सेयरको (१ः१) साविकका सेयरधनीहरुलाई निष्कासनगर्न कुमारी क्यापिटललाई धितोपत्र  निष्कासन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ ।

सम्झौतापत्रमा सिंगटी हाइड्रो इनर्जीका तर्फबाट प्रबन्ध सञ्चालक सुदिप खड्का तथा कुमारी क्यापिटलका तर्फबाट कामु प्रमुख कार्यकारी अधिकृत पुष्प शर्माले हस्ताक्षर गरेका छन् । सिंगटी हाइड्रो इनर्जी लिमिटेडको अधिकृत पुँजी  २ अर्ब ९० करोड रूपैयाँ, जारी पुँजी २ अर्ब ९० करोड रूपैयाँ, र हकप्रद सेयर निष्कासन पश्चात् कम्पनीको चुक्ता पुँजी २ अर्ब ९० करोड रूपैयाँ हुनेछ ।

प्रकाशित: २६ असार २०८० ०३:३८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App