३ आश्विन २०८१ बिहीबार
image/svg+xml
अर्थ

वाणिज्य बैंकद्वारा सम्पूर्ण ऋणीलाई छुट

राष्ट्रिय वाणिज्य बैंकले सबै प्रकारको कर्जाको ब्याज भुक्तानी गर्दा भुक्तानी गरिएको रकमको ५ प्रतिशत रकम सम्पूर्ण ऋणीहरूलाई छुट दिने निर्णय गरेको छ। बैंकले राष्ट्रको व्यावसायिक क्षेत्रमा भएको असहज परिस्थितिलाई मध्यनजर गर्दै यही असार १ गतेदेखि ३१ गतेसम्म सबै प्रकारको कर्जाको ब्याज भुक्तानी गर्दा भुक्तानी गरिएको रकमको ५ प्रतिशत रकम सम्पूर्ण ऋणीहरूलाई छुट दिने निर्णय गरेको हो।

ब्याज जुनसुकै प्रकारको कर्जाको वर्गीकरण (असल, सूक्ष्म निगरानी, कमसल, शंकास्पद, खराब), जतिसुकै अवधिको ओभरड्यु, नर्मल तथा पेनल ब्याजको आंशिक वा पूरा भुक्तानीमा समेत छुट प्रदान गरिने बैंकले जनाएको छ। साथै ब्याज छुट रकम सम्बन्धित ऋणीको खातामा फिर्ता/जम्मा गरिने र बैंकको यस अवसरको लाभ लिन सम्बन्धित सम्पूर्ण ऋणीहरूलाई बैंकले अनुरोध गरेका छ।

प्रकाशित: ४ असार २०८० ०२:२२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App