६ आश्विन २०८१ आइतबार
image/svg+xml
अर्थ

के एल दुगड समूहद्वारा रक्तदान कार्यक्रम सम्पन्न

के एल दुगड समूहले विश्व रक्तदाता दिवसको अवसर पारेर रक्तदान कार्यक्रम सम्पन्न गरेको छ। उक्त समूह अन्तर्गतका काठमाडौं कर्पोरेट अफिस तथा विराटनगर, वीरगञ्ज र नेपालगञ्जका कार्यालयहरूमा रक्तदान कार्यक्रम सम्पन्न गरेका छन्। कार्यालयमा कार्यरत कर्मचारीहरूद्वारा नै रक्तदान गरिएको थियो।

काठमाडौं, विराटनगर, वीरगञ्ज र नेपालगञ्ज कार्यालय गरी कुल ११६ कर्मचारीद्वारा रक्तदान गरिएकोमा ११६ प्वाइन्ट रगत संकलन गरिएको कम्पनीले जनाएको छ। विश्व रक्तदाता दिवस २०२३ को मुख्य नारा ‘रगत दिनुहोस्, प्लाज्मा दिनुहोस्, जीवन बाँड्नुहोस्, बारम्बार बाँड्नुहोस्’मा केन्द्रित रही यस समूहले विश्व रक्तदातादिवस रक्तदान गरी मनाएको कम्पनीले जनाएको छ। कम्पनीले यस्ता किसिमका सामाजिक कार्य विगतमा पनि गर्दै आइरहेको र भविष्यमा पनि यस कार्यलाई निरन्तरता दिने कुरा व्यक्त गरेको छ।

प्रकाशित: १ असार २०८० ०२:५२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App