२५ असार २०८१ मंगलबार
image/svg+xml
अर्थ

एमजी जेड एस इभी (डिलक्स) को बुकिङ खुला

एमजी भेइकलको लागि नेपालका एक मात्र आधिकारिक आयातकर्ता र वितरक पारामाउन्ट मोटर्स प्रालिले नयाँ मोडलको विद्युतीय गाडी एसयुभि एमजि जेडएस इभी (डिलक्स) को प्रि–बुकिङ खुल्ला गरेको छ।

आर्थिक वर्ष २०८०/८१ को बजेट भाषणमा ५० किलोवाट देखि १०० किलोवाटसम्मका विद्युतीय गाडीमा अत्यधिक कर वृद्धि भए तापनि एमजीको यस मोडलका गाडीको मूल्य जम्मा रु ५२.९९ लाख मात्र तोकिएको छ।

बजेट भाषण अगाडि यस गाडीको मूल्य रु ५२.४९ लाख रहेको थियो। एमजी ब्रान्डका गाडी विश्वचर्चित छन्। यो ब्राण्ड नेपाली ग्राहकमाझ आफूलाई अब्बल ब्राण्डका रूपमा स्थापित गर्न पनि सफल भएको छ। धेरै नेपालीले सर्वाधिक रुचाएको दाबी कम्पनीले गरेको छ।

एमजीले विश्व बजारमा आफ्नो विद्युतीय गाडीको मूल्य घटाउन पनि सफल भएका कारण विद्युतीय गाडीमा भएको कर वृद्धिले पनि खासै फरक परेको छैन। प्यारामाउन्ट मोटर्सले बजेट घोषणा हुनुअघि पैठारी गरिएका स्टकमा ग्राहकबाट अझै पनि पुरानो मूल्य रु. ५२.४९ लाखमात्र तिर्नुपर्ने जनाएको छ।

प्रकाशित: २९ जेष्ठ २०८० ०४:४४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App