२४ आश्विन २०८१ बिहीबार
image/svg+xml
अर्थ

टर्किस एयरलाइन्सका २५० उडान रद्द

इस्तानबुल— टर्किस एयरलाइन्सले युरोपियन सहरहरु सहित इस्तानबुलबाट हुने २५० उडान रद्द गरेको छ। हिमपातसँगै इस्तानबुलको मौसममा आएको खराबीका कारण शुक्रबार र शनिबारका उडानहरु रद्द गर्नु परेको टर्कीको राष्ट्रिय ध्वजाबाहक एयरलाइन्सले जनाएको छ।

ह्याम्बर्ग, म्युनिख, ब्रसेल्स, मिलान, आम्स्टार्डम, जेनेभा, बुढापेस्ट, बेलग्रेड, डुसेलडोर्फ, स्कोपेजी, जाग्रब, भर्ना, सोफिा तथा त्रिनाका उडान बढी प्रभावित भएका छन्।

इस्तानबुल विमानस्थलदेखि हुने केही उडानहरु हिमपातपछिको मौसमका कारण रद्द भएका छन्’, कम्पनीले वेबसाइटमा सूचना जारी गर्दै भनेको छ। इस्तानबुलदेखि युरोपियन सहरहरुमा हुने उडान धेरै रद्द भएका छन्।

ह्याम्बर्ग, म्युनिख, ब्रसेल्स, मिलान, आम्स्टार्डम, जेनेभा, बुढापेस्ट, बेलग्रेड, डुसेलडोर्फ, स्कोपेजी, जाग्रब, भर्ना, सोफिा तथा त्रिनाका उडान बढी प्रभावित भएका छन्।

इस्तानबुलमा हिमपातसँगै आएको तीब्र गतिको आँधीले जनजीवन प्रभावित भएको हो।

 

प्रकाशित: १५ पुस २०७३ १२:१० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App