ग्लोबल आइएमई बैंकले ग्राहकका लागि दराजबाट सामान किन्दा ५५ इन्च वेस्तेल लिड स्मार्ट टिभी जित्न सक्ने योजना सार्वजनिक गरेको छ।
यस योजनामा सहभागी हुन बैंकका ग्राहकले भिजा डेबिट/क्रेडिट कार्ड प्रयोग गरी दराजबाट समान खरिद गर्दा अनलाइन भुक्तानी गर्नुपर्नेछ। बैंकले दराज नेपालसँग सहकार्य गरी सार्वजनिक गरेको यो योजना यही चैत २१ देखि बैशाख ९ गतेसम्म लागु हुने जनाएको छ।
बैंकका अनुसार योजनाको अन्त्यमा कुल सहभागीहरूमध्ये १ जना विजेताले ५५ इन्च वेस्तेल स्मार्ट लिड टिभी पाउनेछन्। यस योजनाको मुख्य उद्देश्य अनलाइन कार्ड भुक्तानीलाई प्रवर्द्धन गर्नु रहेको बैंकले जनाएको छ ।
प्रकाशित: २३ चैत्र २०७९ ०२:५६ बिहीबार