२१ असार २०८१ शुक्रबार
image/svg+xml
अर्थ

सस्तो टिकेट्स बेस्ट एअरलाइन्स अवार्ड सम्पन्न

सस्तो टिकेट्स् बेस्ट एअरलाइन्स अवार्डस्-२०२२ सम्पन्न भएको छ। पर्यटन क्षेत्रमा हवाई क्षेत्रले गरेको योगदानको उच्च कदर गर्दै यस क्षेत्रलाई थप उपभोक्तामुखी र जनउत्तरदायी बनाउने अभिप्रायका साथमा अवार्ड सम्पन्न भएको हो।

विभिन्न १६ विधामा सस्तो टिकेट्स् बेस्ट एअरलाइन्स अवार्ड्स् घोषणा गरिएकोमा इन्टरनेसनलतर्फ कतार एअरवेज र डोमेस्टिकतर्फ बुद्ध एअर बेस्ट एअरलाइन्स अफ द इअर भएका छन्।

यस्तै बेस्ट सर्भिस प्रोभाइडर फर एभिएसनमा नेपाल एअरलाइन्स ग्राउन्ड ह्याण्डलिङ् तथा बेस्ट नेसनल एअरलाइन्समा नेपाल एअरलाइन्सले अवार्ड पाएको छ। अफलाइन अपरेसनतर्फ एमिरेट्स् एअरवेज, बेस्ट बिजनेस क्लासमा कतार एअरवेज, बेस्ट इकोनोमी क्लासमा फ्लाई दुबई र बेस्ट क्याबिन क्रुतर्फ एअर अरबिया, बेस्ट ट्रान्जिट एअरपोर्ट लाउन्जमा टर्किस एअरलाइन्स, बेस्ट एअरलाइन्स रिवार्डस् प्रोग्राम र एअर फेयर पोलिसीतर्फ कतार एअरवेज, फ्रन्ट डेस्क सपोर्टमा जजिरा एअरवेजले अवार्ड हात पारेको छ।

साथै नेपाली एअरलाइन्स सीईओ अफ द इअरमा बुद्ध एअरका वीरेन्द्रबहादुर बस्नेत, बेस्ट एअरलाइन्स म्यानेजर अफ द इअर इन्टरनेशनल एअरलाइन्सतर्फ कतार एअरवेजका सारिक बोगटीले अवार्ड जितेका छन्।

जनसाधारणले अनलाइनमार्फत गरेको भोट, नोमिनेसन बोर्डले गरेको डेटा प्रशोधन तथा निर्णायक मण्डलको निर्णयको संयोजनबाट आएको तथ्याङ्कबाट प्राप्त नतिजाका आधारमा बिजेता छनोट गरिएको थियो। अवार्ड्समा हाल काठमाडौं भएर विभिन्न अन्तर्राष्ट्रिय गन्तव्यमा उडान भर्दै आएका २९ वायुसेवा प्रदायक तथा आन्तरिक तर्फका ९ वायुसेवाले प्रतिस्पर्धा गरेका थिए। नेपाली पर्यटन क्षेत्रलाई एकै पटक विश्वभरका सञ्चार माध्यमको चासोमा ल्याउने प्राथमिक उद्देश्यका साथ अवार्ड आयोजना गरिएको आयोजकले जनाएको छ।

प्रकाशित: ३ चैत्र २०७९ ०२:११ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App