१९ असार २०८१ बुधबार
image/svg+xml
अर्थ

सुजुकीद्वारा ग्राण्ड भिटारा र नयाँ ब्रेजा सार्वजनिक

नेपालका लागि सुजुकी व्राण्डको आधिकारिक वितरक तथा सिजी होल्डिङस अन्तर्गतको अटोमोटिभ डिभिजन सिजी मोटोकप तथा सिजी नेक्स्टजेनले नेपालमा दुई नयाँ एसयुभी ‘द ग्राण्ड भिटारा’ र ‘ब्रेजा सार्वजनिक गरेको छ।

कम्पनीका अनुसार ‘द ग्राण्ड भिटारा’ सुजुकीको बहुप्रतिष्ठित मोडेल हो र नयाँ संस्करणको ग्राण्ड भिटारामा सुजुकीको आफ्नै ‘क्राफ्टेड फ्युचरिजम डिजाइन ल्याङग्वेज’ को प्रयोग गरिएको जनाएको छ। यसले अरूभन्दा फरक बाहिरी डिजाइन र प्रिमियम इन्टेरियर प्रदान गरेको कम्पनीको दाबी छ।

सुजुकीको लेजेण्डरी अल ग्रिप टेक्नोलोजीले एसयुभीको अफ–रोड क्षमता बढाउनका साथै यस सेग्मेन्टको एसयुभीमा नभएका थुप्रै नयाँ सुविधाहरू पाउन सकिने दाबी कम्पनीले गरेको छ। यो सेग्मेन्टमा भारतीय बजारमै पहिलो पटक, अत्याधुनिक र कम इन्धन खपत गर्ने ‘फुल हायब्रिड’ प्रविधियुक्त इन्जिन प्रयोग गरिएको कम्पनीले बताएको छ। एसयुभी सेग्मेन्टमा यी दुई एसयुभीले सुजुकीको उपस्थितिलाई अझै मजबुत बनाउने विश्वास कम्पनीको छ।

सिजी होल्डीङ्सका कार्यकारी निर्देशक करण चौधरीले फरक फरक ड्राइभिङ कण्डिसन्स भएका कारण बजारमा एसयुभीको माग उच्च रहेको उल्लेख गर्दै ग्राहकले सेगमेन्ट–फर्स्ट सुविधाहरू, प्रिमियम इन्टेरियर, आकर्षक डिजाइन र उन्नत अटो मोबाइल प्रविधियुक्त नयाँ ग्रान्ड भिटारा र ब्रेजामा पाउने बताए।

कम्पनीले ‘द ग्राण्ड भिटारा’को सेग्मेन्ट अनुसार ६३ लाख ९ हजारदेखि ८८ लाख २९ हजार र ब्रिजाको ४४ लाख ९९ हजारदेखि ५६ लाख २९ हजारसम्म कायम गरेको छ। कम्पनीले सार्वजनिक गरेको दुई दिनसम्म गाडी किन्ने प्रत्येक ग्राहकलाई ४ लाख छुट अफरको व्यवस्था गरेको जनाएको छ।  

प्रकाशित: २८ फाल्गुन २०७९ ०२:२५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App