२१ असार २०८१ शुक्रबार
image/svg+xml
अर्थ

अंग्रेजी नयाँ वर्षको सुरुमै ४ अर्बको सेयर कारोबार

गत साता समग्रमा १६१.८ अंकले बढेको सेयर बजार यो साताको पहिलो दिन आइतबार पनि दोहोरो अंकले वृद्धि भएको छ।

अंग्रेजी नयाँ वर्षको पहिलो दिन नेप्से परिसूचक १७.२४ अंकले वृद्धि भएर २०४६.२६ बिन्दुमा पुगेको छ। १ करोड ८ लाख ८० हजार ९ सय ४ कित्ता सेयर किनबेच हुँदा ४ अर्ब ४ करोड ८८ लाख ७९ हजार ५ सय १० रूपैयाँको सेयर कारोबार भएको छ। गत साताको तुलनामा आइतबार रकमको आधारमा सबैभन्दा धेरै रकमको सेयर कारोबार भएको छ।

गत साताको अन्तिम दिन बिहीबार पनि ५६.८८ अंकले बढेर नेप्सेपरिसूचक २०२९.०३ बिन्दुमा पुगेको छ। बिहीबार ८० लाख २४ हजार ५ सय ५९ कित्ता सेयर किनबेच हुँदा २ अर्ब ८६ करोड ३ लाख ४५ हजार ७ सय ८१ रूपैयाँको कारोबार भएको छ। यद्यपि गत साताको मंगलबार १ करोड २० लाख २९ हजार ६ सय ३ कित्ता सेयर किनबेच हुँदा तीन अर्ब ८८ करोड ४३ लाख ९६ हजार ९ सय ९७ रूपैयाँको कारोबार भएको थियो।

लामो समयपछि कारोबार रकमको आधारमा आइतबार सबैभन्दा धेरै बढेको हो। कारोबार भएका कम्पनीमध्ये १२१ कम्पनीको सेयर बढ्यो भने ८७ कम्पनीको सेयर घटेको छ। ४ कम्पनीको सेयर भने स्थिर रह्यो। नेपाल स्टक एक्सचेन्जका अनुसार आइतबार नेप्सेका तीनवटै सूचक बढेका छन्। सेन्सेटिभ सूचक २.७१ अंक, फ्लोट परिसूचक १.२० अंकले बढेको छ। त्यसैगरी सेन्सेटिभ फ्लोट ०.७२ अंकले बढेको छ।

नेप्सेका १३ वटै उपसूचकमध्ये दुई वटा परिसूचक घटेका छन्। ११ वटा परिसूचक बढेका छन्। घट्ने उपसूचकहरूमा विकास बैंकतर्फ २.१२ अंक, फाइनान्सतर्फ ३.२१ अंकले घटेको छ। आइतबार सबैभन्दा धेरै बढ्ने उपसूचकमा जीवन बिमातर्फ ३०१.३५ अंक, निर्जीवनबिमातर्फ १६२.०८ अंक, उत्पादन तथा प्रशोधनतर्फ ३१.४० अंक, माइक्रोफाइनान्सतर्फ २८.४९ अंकले वृद्धि भएको छ। आइतबार सबैभन्दा धेरै सेयर बढ्ने कम्पनीहरूमा सिर्जनशील लुघवित्त कम्पनीको सेयर १० प्रतिशत, खप्तड लघुवित्त कम्पनीको सेयर ९.९९ प्रतिशत, धौलागिरी लघुवित्तको सेयर ९.९९ प्रतिशत, अजोड इन्सुरेन्सको सेयर ९.९८ प्रतिशतले वृद्धि भएको छ।

आइतबार सबैभन्दा धेरै सेयर घट्ने कम्पनीमा सिद्धार्थ इक्विटी फण्डको सेयर ५.५७ प्रतिशत, नेपाल बैंक डिबेञ्चर कम्पनीको सेयर ३.९२ प्रतिशतले घटेको छ। 

प्रकाशित: १८ पुस २०७९ ०३:१३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App