३ आश्विन २०८१ बिहीबार
image/svg+xml
अर्थ

नेपालकै पहिलो अन्तर्राष्ट्रिय गायन तथा नृत्य रियालिटी सो हुँदै

इन्ट्रानेसनल वेलफेयर एण्ड सपोर्ट फाउन्डेसन अफ अमेरिकाको आयोजनामा नेपालकै पहिलो अन्तर्राष्ट्रिय रियालिटी सो ‘मेरो भ्वाइस युनिभर्स र मेरो डान्स युनिभर्स’ को आयोजना हुने भएको छ।

फाउन्डेसनले प्रतियोगिताका लागि विश्वभरका मानिसले इन्ट्रानेसनल एपमार्फत आवेदन दिन सक्ने जनाएको छ। प्रतियोगितामा १८ वर्षमाथिका व्यक्तिले आवेदन दिन सक्ने तथा सोहरूमा सहभागी हुन चाहने विश्वभरका नेपाली भाषीहरूले इन्ट्राफाउन्डेसनको एप डाउनलोड गरेर रजिष्टर गर्न सक्नेछ।

फाउन्डेसनका अध्यक्ष डिल्ली अधिकारीले फाउन्डेसनको मुख्य उद्देश्य नेपाली मनोरञ्जन क्षेत्रमा सांगीतिक क्रान्ति ल्याएको बताए।

प्राथमिक छनौट प्रक्रियापछि फाउन्डेसनले विश्वका विभिन्न स्थानमा अडिसन सञ्चालन गर्ने र यी दुवै सोहरूको आवेदन दिने मिति जनवरीको अन्तिम तारिक तोकिएको आयोजकले जनाएका छन्। 

प्रकाशित: १४ पुस २०७९ ०३:५४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App