५ आश्विन २०८१ शनिबार
image/svg+xml
अर्थ

नयाँ अर्थमन्त्री आउने भएसँगै शेयर बजारमा उत्साह

देशमा नयाँ राजनीतिक परिवर्तनसँगै नयाँ सरकार बन्दा नेपाली शेयर बजारमा उत्साह छाएको छ।

अर्थमन्त्री नयाँ आउने भएसँगै शेयर लगानीकर्तामा उत्साह देखिएको हो। पछिल्लो समय निरन्तर रुपमा उतारचढाव भइरहेको नेप्से सोमबार एकाएक ५६.८६ अंक बढेर १९२४.०७ बिन्दुमा पुगेको छ। त्यस्तै,सेन्सेटिभ इण्डेक्स ८.३८ अंकले, फ्लोट इण्डेक्स ४.५४ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ३.९७ अंकले बढेको छ।

सोमबार कारोबारमा आएका २५० कम्पनीको ५६ लाख ५३ हजार कित्ता शेयर २ अर्ब ९ करोड ७० लाख रुपैयाँ बराबरको खरिदबिक्री भएको छ। नेप्सेसँगै कारोबार रकममा पनि सुधार भएको छ। नेप्सेका १३ उपसमूह मध्ये अन्य उपसमूहको परिसूचक बाहेक सबै उपसमूहको परिसूचक बढेको छ। जसमध्ये फाइनान्स उपसमूहको परिसूचक ६.५२ प्रतिशत बढेको छ। त्यसैगरी, जलविद्युत उपसमूहको परिसूचक ५ प्रतिशतभन्दा बढी बढेको छ भने विकास बैंक र लगानी उपसमूहको परिसूचक ४ प्रतिशतभन्दा बढी बढेको छ। अन्य उपसमूहको परिसूचकभने २.२९ प्रतिशत घटेको छ।

सोमबार आधा दर्जनभन्दा बढी कम्पनीको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। जसमा गोर्खाज फाइनान्स, श्रृजनशील लघुवित्त, रिलायन्स फाइनान्स, धौलागिरी लघुवित्त, खप्तड लघुवित्त, हिमालयन पावर वार्टनर र घलेम्दी हाइड्रोको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। तर, नेपाल टेलिकमको शेयरमूल्य भने ५.५६ प्रतिशत घटेको छ। आज नेपाल टेलिकमको २० करोडभन्दा बढीको शेयर खरिदबिक्री भएको छ।  

प्रकाशित: ११ पुस २०७९ १०:१६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App