२१ असार २०८१ शुक्रबार
image/svg+xml
अर्थ

प्राध्यापक र सरकारका उच्च अधिकारीहरूलाई युरोपियन युनियनको व्यापार क्षमता कार्यशाला

युरोपियन यूनियनले विश्व विद्यालयका प्राध्यापकहरू तथा सरकारका उच्च अधिकारीहरूलाई ट्रेड म्याप एण्ड मार्केट एक्सेस म्यापको बारेमा कार्यशाला आयोजना गरेको छ।  

यूनियनले नेपाललाई अतिकम विकसित राष्ट्रबाट स्तरोन्नति गर्न सहयोग पुग्ने गरी विश्व विद्यालयका प्राध्यापकहरू तथा सरकारका उच्च अधिकारीहरूलाई अन्तराष्ट्रिय बजार विश्लेशण उपकरणहरू ( ट्रेड म्याप एण्ड मार्केट एक्सेस म्याप) को बारेमा कार्यशाला गरेको हो।  

उक्त कार्यशालाबाट २० जना प्रशिक्षकको रूपमा अन्तराष्ट्रिय बजार विश्लेषण विज्ञहरू तयार भएका छन्। कार्यशालाले अन्तराष्ट्रिय बजार तथा व्यापारका विभिन्न पक्षहरूका बारेमा गहन ज्ञान दिलाइ प्रशिक्षकहरू तयार गरेको छ।  

त्रिभुवन विश्व विद्यालय अर्थशास्त्र विभागका सह प्राध्यापक रेशम थापाले यस कार्यशालाबाट अन्तर्राष्ट्रिय व्यापार विश्लेषणका नविनतम उपकरणहरूको प्रयोग बारे जानकारी पाउने ठूलो अवसर भएको बताउँदै आफूले यसलाई शिक्षण र अनुसन्धानमा प्रयोग गर्ने योजनामा आफू रहेको बताए।  

त्यसैगरी अर्की सहभागी जुनु सिन्जाली मगरले नेपालका लागि अन्तराष्ट्रिय व्यापारका विविध पक्षबारे जानकारीका स्रोतहरूको आवश्यकता परेको वेला यस्ता व्यापार उपकरणहरूबारे प्रशिक्षक निर्माण गराउन यो कार्यशाला उपयोगी भएको बताउँदै आफ्नो ज्ञानलाई आफ्नो कार्यक्षेत्रमा प्रभावकारी उपयोग गर्ने प्रतिवद्धता व्यक्त गरिन्।  

प्रकाशित: १६ मंसिर २०७९ १३:१८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App