समय गतिशिल छ। भूमण्डलीकरणले हरेक क्षेत्रमा राम्रा तथा नराम्रा प्रभाव पारिरहेका छन्। यद्यपी दक्षिण एसियाली राष्ट्रहरु मुख्यत भारत र नेपालमा महिला हिंसा तथा हकअधिकार सम्बन्धी समाचारहरु हरेक दिन संञ्चारमाध्यममार्फत जानकरी लिईरहेका हुन्छौं। बारम्बार आईरहने बिषयहरु क्रमशः बलात्काल, यौन हिंसा, दाईजो प्रथा, समान अधिकार, आर्थिक स्तरोन्नती रहेका छन्। यस्ता समाचारहरु हेर्ने र पढ्ने गरेको पनि कैयौं बर्ष भईसक्यो तर अझै पनि यसको समाधानको सट्टा समाजमा उग्र रुपमा स्थान लिईरहेको छ।
यसको मुख्य कारण पुरुष र महिलाबीचको आर्थिक असमानता रहेको पाईन्छ। यि मुलुकहरुमा पितृसतात्मक सोच, कानून र ब्यवहारले गाँजेको छ। अझै पनि महिलामैत्री कानूनको निर्माण गर्न सकिरहेको अवस्था छैन। धैरै जसो बुवा आमाको सोच अझै पनि छोरा र छोरीको लागि समान पाईदैन। एउटा छोरी जन्मिन्छे खाली हात अनी एक पुरुषको सहारामा जीन्दगी बिताउनुपर्ने बाध्यता रहेको छ। बिवाहपूर्व बुवा सो पश्चात श्रीमान अनि छोराको। यि तिनै नाता अतिनै प्रिय तथा आवश्यक छन् एक महिलाका लागि र त्यत्तिकै उहाँहरुका लागि पनि। तर महिला वहाँहरुप्रति आश्रित हुनुपर्ने बाध्यात्मक स्थितिलाई हरेक परिवारका अग्रजहरुले मनन् गरि यसको चिरफार गर्नुपर्ने अवस्था आएको छ।
यो बिषयको अन्त्यका लागि पहल पनि प्रशस्तै भईआएको छ। के यसको अन्त्य गर्दैमा देखापरेका समस्याहरु समाधान हुन्छन्? किन दाईजो प्रथा शुरु गरिएको थियो ? कसैले यसको बिश्लेषण गरेको छ?
कुनै छोरी या छोरा जन्मिने बिधी अलग हो? बिल्कुल पनि हैन। यो सबै हाम्रो परिवार तथा समाजमा रहेको चेतना र अनुष्ठानको पालनाका कारणबाट सिर्जेको एक समस्या हो। केहि उच्च तहका ब्यक्तित्वहरुबाट यस बिषयमा प्रतिवद्धता नआएका पनि होईनन् तरपनि समग्रमा अझै यो बिषयलाई प्राथमिकताका साथ उठान गर्नुपर्ने अवस्था रहेको छ।
हिजो आज दाईजो प्रथा मूख्यत तराई क्षेत्रका मधेशी मूलमा आईपरेको समस्या सबैले देखिआएका छौं। यो बिषयको अन्त्यका लागि पहल पनि प्रशस्तै भईआएको छ। के यसको अन्त्य गर्दैमा देखापरेका समस्याहरु समाधान हुन्छन्? किन दाईजो प्रथा शुरु गरिएको थियो ? कसैले यसको बिश्लेषण गरेको छ?
जव यस्ता बिषयहरु समाजमा उठान हुन थाले, मन, मस्तिष्कमा अनेक किसीमका प्रश्न उब्जिन थाल्छन्। हाम्रो समाजमा दाईजो जुनै जात तथा समुदायले छोरीको बिवाहमा दिईआएको हामी सबैलाई थाहानै छ। यो एक परम्पराकोरुपमा स्थापीतनै भईसकेको छ। कसैको अलि धेरै दिनुपर्ने त कसैको आफ्नो गच्छेअनुसार भन्ने रहेको छ। जस्तै हिरा, सुन, चाँदी, नगद, बाख्रा, गाई, भैसी आदि। यो परापूर्वकालदेखिको चलन् हो ताकि आफ्नी छोरीलाई अप्ठेरो पर्दा यि बस्तुहरु बेचेर गुजारा चलाउन सकुन र सहजता प्राप्त होस्।
हरेक बुवा, आमाको सोचलाई सम्मान गर्नुपर्छ तर सो सोचलाई मूर्त रुप दिन छोरा र छोरीबीचको भेदभाव चिर्न उहाँहरुबाट मात्रै सम्भव छैन। यो दायित्व राज्यको हो। राज्यले चलिआएको रिति रिवाजहरु हटाउन जुन पहल गर्न खोच्छ भने सो पछाडिका कारणहरुको पनि बिश्लेषण गर्दै समाधान सहितको ब्यवस्था अगाडि ल्याउनु अत्यन्तै जरुरी देखिएको छ। कानुनत दाइजो प्रथा अन्त्य भए पनि व्यवहारत यो हाम्रो समाजमा जहाँतहीँ पाउन सकिन्छ। लामो समयदेखि कुनै कुरा चल्दै आउँछ भने त्यो प्रथा बन्छ। दाइजो पनि हाम्रो समाजमा प्रथा बनेको छ। कानुनीरुपमा मात्र हटाएर यो हट्नेवाला छैन। व्यवहारत यसलाई हटाउने उपायबारे राज्य, हामी सचेत नागरिकले सोच्न जरुरी छ।
प्रकाशित: १५ भाद्र २०७७ ०७:०० सोमबार