२३ फाल्गुन २०७७ आइतबार
ब्लग

बालबालिकालाई कोभिड–१९ को जोखिमबाट कसरी बचाउने ?

मनोविद्को सल्लाह

सुनिता खड्का

आज विश्वका ९५ प्रतिशत बालबालिका कोभिड–१९ को महामारीबाट प्रभावित छन्। ६० प्रतिशत बालबालिका पूर्ण लकडाउन र आंशिक लकडाउनको अवस्थामा छन्। १.५ विलियन बालबालिका स्कूल जानबाट वन्चित छन। कोरोना भाइरसका कारण उनीहरूमा दबाबको मात्रा, डर, चिन्ता र एक्लोपनको जोखिम उच्च देखिएको छ। यसले उनीहरूको मस्तिष्क विकासमा ठूलो असर पार्न सक्छ। यसले गरीब राष्ट्रका वालवालिकाको पोषण, सिकाई, व्याबहार र विकासमा प्रत्यक्ष असर पु-याइरहेको छ।  

कोभिड–१९ का कारण उनीहरूको सुत्ने बानी, सन्तुलित आहार, अधिनता, कष्ट, रिस, मनोरोग सम्बन्धी अभिव्यक्ति कुन्ठित भएका छन्। घरेलु हिंसा, बालबालिकामाथि हुने दुव्र्यवहार बढेको छ।

बालबालिकाको जीवनको महत्वपूर्ण अवस्था र सफल जीवनका लागि अत्यन्तै आवश्यक जीवनोपयोगी सीप, व्याबहार, संज्ञात्मक ज्ञान, भावनात्मक सम्बन्ध र मनोसामाजिक सीप सिक्ने वातावरणमा असर परेको छ। उनीहरू शारीरिक रूपमा स्पर्श गरेर, भेटेर कुरा गर्न, स्कूल जान, पार्क जान, घरबाहिर  खेल्न र महल जान पाएका छैनन। यसले उनीहरूको मानसिक स्वास्थ्यमा असर पारेको छ।  

उनीहरूको सुत्ने बानी, सन्तुलित आहार, अधिनता, कष्ट, रिस, मनोरोग सम्बन्धी अभिव्यत्ति कुन्ठित भएका छन्। घरेलु हिंसा, बालवालिकामाथि हुने दुव्र्यवहार बढेको छ। त्यस्तै सिमान्तकृत समुदायका बालबालिकामा रोगको संक्रमण हुने र विरामी पर्ने जोखिम देखिन्छ। कोभिड–१९ को परिणामस्वरूप उनीहरू बालश्रमिक बन्न पुग्छन्। बेचविखन, विवाह, यौन हिंसा र मृत्युसम्मको जोखिममा रहन बाध्य छन्।

हाम्रो देशमा झन्डै पाँच महिनादेखि कोरोना भाइरसको महामारी छ। अहिले लकडाउन खोेलिएको छ तर कोरोनाको जोखिम झन्–झन् बढ्दै गएको छ। हालको अवस्थाले सर्वसाधारणमा भ्रमको वातावरण सृजना गरेका छ। आमाबाबा कार्यालय जान थालिसकेका छन् तर बालबालिकालाई घरभित्रै बस्नु, बाहिर नजानु, कसैको सम्पर्कमा नजानु भनेर निर्देशन दिएका छौं। यसले उनीहरूलाई अझ अन्योलमा पारेको छ।

म छिमेकीको घरमा गएँ र एउटी नानुलाई सोधें, नानु, मामु खोई त?

उनले भनिन्, ‘मामु, त अफिस जानुभयो।’

ती नानीले मलाई सोधिन्, ‘आन्टी, मामुको अफिसमा कोरोना छैन। हाम्रो स्कूलमा मात्रै छ।’  

म झसंग भएँ। अहो, हामीले हाम्रा नानीबाबुलाई कोरोना भाइरसका बारेमा, पूरै लकडाउन र आंशिक लकडाउन अनि हालको अवस्था बारेमा बुझाउन सकेका रहेनछौं भन्ने महसुस गरें। मैले ती नानीसंग कुराकानी गरें। उनलाई बुझाउने प्रयास गरें।  

उनीहरूसँग घर वरपरका प्रकृति, बोटविरुवा, जनावर, हावा, पानी र माटोसंगको सम्बन्धका विषयमा अन्तरक्रिया गर्ने। उनीहरूसंग खेल खेल्दा, पुतली खेल्दा, कथा पढदा, अभिनय गर्दा, नृत्य गर्दा र गाउँदा उनीहरूमा भएको डर, चिन्ता र एक्लोपन हराएर जान्छ।

कतै हाम्रा नानीबाबुको बुझाइ पनि यस्तै छ कि? एकछिन विचार गरिहालौं है।  

उनीहरूलाई उमेर र बुझ्ने क्षमता अनुसार वास्तविक अवस्थाको बारेमा सूचित गराएको खण्डमा उनीहरू नडराउने, कुरा नलुकाउने हुन्छन्। त्यति मात्र होइन, स्वास्थ्य, सरसफाई, खानपान र सामाजिक दूरी अपनाउनमा सजग बन्छन्।

‘माई हिरो इज यू’ बालबालिकाका लागि लेखिएको कथाको किताब हो। यसले बालबालिकालाई कोरोना भाइरसका बारेमा बुझ्न र आफूलाई सुरक्षित राख्न सहयोग गर्छ।

बालबालिकालाई अवस्थाको बारेमा के सोच्नेभन्दा पनि कसरी सोच्ने भन्ने सीप सिकाउन सकियो भने उनीहरू चुनौतीको सामना गर्दै आफूलाई सुरक्षित राख्न सक्छन्।

लामो समयको लकडाउनले बालबालिकाको बानी, व्यावहार र स्वाभावमा परिवर्तन देखिन सक्छ। विशेषतः साना नानीहरू र प्रिस्कुलका नानीहरूले अहिलेको अवस्था राम्ररी बुझ्न नसकेको हुन सक्छ। अहिले उनीहरूको दिनचर्यामा परिवर्तन आएकाले उनीहरूमा प्रतिगमन व्यावहार र सामना गर्ने सीपमा समस्या आउन सक्छ।

अहिले पनि उनीहरू सर्वागिण विकासको चरणमा छन्। यो अवधिलाई सामाजिक सम्बन्ध र सांस्कृतिक सिकाइको अवस्थाका रूपमा लिइन्छ। यस्तो बेलामा उनीहरू अन्तर्मुखी हुने, दुःखी हुने हुन सक्छन्। रचनात्मक काम गर्ने, खेल खेल्ने, चकचक गर्ने, साथी बनाउने, कुरा गर्ने, दुःख दिने, दौंतरी पहिचान गर्ने, झगडालु स्वभाव र बाल समूहमा रमाउने उमेरमा उनीहरू त्यस्तै गर्न खोज्छन्।    

घरपरिवार, स्कूल, साथी र सामाजिक परिवेश सहयोगी र स्वस्थ्य बनाउन सकेमा उनीहरूलाई मानिसक समस्याबाट मुक्त राख्न सकिन्छ।  

कलाकार सरोजा खड्गीले बनाएको चित्र।  

बच्चाको स्वभाव अनुसार परिवर्तनहरू र प्रतिक्रिया गर्ने शैली फरक पर्न सक्छ। उनीहरूलाई विशेष प्राथमिकतामा राखेर रचनात्मक र रोचक क्रियाकलापको योजना बनाएमा उद्देश्य र उनीहरूको इच्छा दुवै पूर्ण हुन्छ। जस्तै उनीहरूसँग घर वरपरका प्रकृति, बोटविरुवा, जनावर, हावा, पानी र माटोसंगको सम्बन्धका विषयमा अन्तरक्रिया गर्ने। उनीहरूसंग खेल खेल्दा, पुतली खेल्दा, कथा पढ्दा, अभिनय गर्दा, नृत्य गर्दा र गाउँदा उनीहरूमा भएको डर, चिन्ता र एक्लोपन हराएर जान्छ। पुतली तथा गुडियाको प्रयोग गरी उनीहरूलाई सामाजिक दूरी, माक्सको प्रयोग, विरामी, डाक्टर, नर्स, अभिभावक आदि प्रमुख पात्रको चित्रण गरी रोचक शैलीमा कोरोना भाइरसका विषयमा जानकारी दिन सकिन्छ। र, सजग बनाएर जिम्मेवारी बोध गराउन सकिन्छ। यसो गर्नाले उनीहरूले के बुझेका रहेछ्, अब के बुझाउने र १० वर्षभन्दा मुनिका नानीहरूलाई टिभी हेर्दाहेर्दै डरलाग्दो दृश्य आयो भने टिभी बन्द गर्ने, चिन्ताको विषयलाई खराव बानीसंग जोडेर बुझाउने, प्रतिक्रिया दिने, कुरा गर्ने, सुन्ने, बुझ्ने र बुझाउने मौका मिल्नेछ। उनीहरूलाई साथी, शिक्षक र स्कूलको वातावरणले पिरोलिरहेको हुनसक्छ। त्यसले तिनको बालमनोविज्ञानमा केही हदसम्म मलमपट्टीको काम गर्न सक्छ।  

डा. मारिया लोडसको कोभिड–१९ खोज अनुसार एकात्मकताको घनिष्ट सम्बन्ध डिप्रेसन र एनजाइटिसंग हुन्छ। यसको कारणले बालबालिका उच्च जोखिममा हुने र भविष्यमा गएर डिप्रेसन र एनजाइटिको सिकार हुन सक्छन्। यसको असर ९ वर्षपछि पनि देखिन सक्छ।  

यसरी लामो समयसम्म घरमा सीमित भएर बस्नु परेको, स्कूल बन्द भएकाले नानीबाबुले पर्याप्त मात्रामा बोल्न, अनुभव लिन, सहभागी हुन र सामाजिकरण हुन पाएका छैनन्। यस उमेर समूहकालाई सामाजिकीकरण गरिएन भने पछि उनीहरूमा मनोवैज्ञानिक समस्या आउन सक्छ।

डा. मारिया लोडशको कोभिड–१९ खोजअनुसार एकात्मकताको घनिष्ट सम्बन्ध डिप्रेसन र एनजाइटिसंग हुन्छ। यसको कारणले बालबालिका उच्च जोखिममा हुने र भविष्यमा गएर डिप्रेसन र एनजाइटिको सिकार हुन सक्छन्। यसको असर ९ वर्षपछि पनि देखिन सक्छ। यसलाई विस्तृत रूपमा बुझ्न एसीएएमएच डट ओआरजीमा गएर हेर्न सकिन्छ।  

घरमा जसले भ्याउँछ, उसले २० देखि ३० मिनेट समय दिने र रचनात्मक खेल र शारीरिक खेल खेल्ने गरेमा उनीहरूले आफ्नो मूल्य बुझ्नेछन्। उत्पे्ररित हुनेछन् र सुरक्षित महसुस गर्नेछन्। त्यस्तै अलि ठूला बच्चासँग परिवारका सबै सदस्य मिलेर खेल्ने खालका खेल जस्तै क्यारमबोर्ड, लुँडो, चेस र अन्य परम्परागत खेल खेल्न सकिन्छ। अभिभावकले यस्ता खालका महामारी भोगिसकेको भए अनुभव सुनाउने साथै आफूले भोगेका साहसिक र सफलताका कथा सुनाउने गरेमा अलि ठूला बालबालिकामा धैर्य गर्ने क्षमता विकास हुन्छ। यसबाट उनीहरू शारीरिक र मानसिक रूपमा खुसी र स्फूर्त हुन्छन्।  

बालबालिकालाई उनीहरूको भावना व्यक्त गर्न पर्याप्त समय, अवसर र खुला वातावरण सृजना गरिदिऔं–मानव विकास र सिकाइका लागि भावना व्यक्त गर्न एकआपसमा भावना साटासाट गर्नु आवश्यक छ। यसरी मनमा भएका जिज्ञासा व्यक्त गर्दा मनमा आनन्द आउँछ। कुनै नकारात्मक सोचाइसंग जोडिएका भावना आएमा त्यसलाई सहयोगी तरीकाले सकारात्मकतातिर जोडेर बुझाउन सकिन्छ। उनीहरूले मनभित्र भएका भावना व्यक्त गर्ने वातावरण र उत्प्रेरणा पाएमा एक्लो भएको महसुस गर्दैनन्।  

उनीहरूलाई बिस्तारै सहज परिस्थिति भएको खण्डमा स्कूल जानुपर्ने कुरा सम्झाउने। अनि त्यहाँ पालना गर्नुपर्ने नियमहरूजस्तै खानाको समय, खेल्ने समय, पढने समयका बारेमा पनि जानकारी दिने।

बालबालिकालाई समायोजन हुन, सहज अनुभूति गर्न, खेल्न, चल्न पर्याप्त समय र ठाउँ दिऔं– हाम्रो बसाइ र वरपरको वातावरणलाई ध्यानमा राखेर उनीहरूलाई सहज हुने गरी ठाउँको व्यवस्थापन गरिदिएमा उनीहरू आफ्नो तरीकाले त्यस ठाउँको सदुपयोग गरी विभिन्न गतिविधि गर्ने योजना बनाउँछन्। उनीहरूको योजनालाई साथ दिँदै अझ रोचक बनाउन सहयोग गर्ने। यसले गर्दा उनीहरू सुरक्षितसँग खेल्न, रमाउन र चाहे अनुसार खुसी हुन सिक्छन। बालबालिका तिक्ष्ण बुद्धिका हुन् भन्ने सोच राख्नुहुन्छ भने उनीहरूलाई विभिन्न खालका कथाका कितावमा रमाउन छोडिदिनुहोस्।

बालबालिकालाई अब बिस्तारै नयाँ समय र दैनिक कार्य तालिकाका बारेमा जानकारी गराउँदै जाने–उनीहरूलाई बिस्तारै सहज परिस्थिति भएको खण्डमा स्कूल जानुपर्ने कुरा सम्झाउने। अनि त्यहाँ पालना गर्नुपर्ने नियमहरूजस्तै खानाको समय, खेल्ने समय, पढने समयका बारेमा पनि जानकारी दिने। अन्य अतिरिक्त क्रियाकलाप गर्ने समयका बारेमा एकपछि अर्को गर्दै उनीहरूलाई घरमा हुँदै दैनिक कार्यतालिकामा अभ्यस्त बनाउन सहयोग गर्ने।

साथै नयाँ कक्षा, शिक्षक, पाठ्यपुस्तक, साथीहरूका बारेमा पनि उनीहरूको विचार र जिज्ञासालाई पूरा गरिदिन सकेमा उनीहरू भोली बिहान स्कूल जाँदा त्यहाँको वातावरणसँग आफूलाई समायोजन गर्न सक्षम हुनेछन्। यसबाट नयाँ कक्षा, शिक्षक, पाठयपुस्तक र साथीहरू आदिसँगको सम्वन्ध सहज बनाउन सहयोग पुग्छ। जसले गर्दा उनीहरू आत्तिने, डराउने र चिन्तित हुने समस्यामा सहयोग पुग्छ।

अचेल ससाना नानीहरूको पनि अनलाइन कक्षा चलिरहेको छ। त्यसैले अनलाइन कक्षाहरू भन्दा बाहेकको समय ग्याजेटमा भन्दा शारिरीक र अन्य रचनात्मक काममा लगाउनु उत्तम हुन्छ। ग्याजेटको प्रयोगबारे डव्लुएचओले निर्देशिका जारी गरिसकेको छ। त्यसले निर्देश गरे भन्दा बढि ग्याजेटको प्रयोग गरेमा वालवालिकाको विकासमा असर पुग्छ। जस्तै उनीहरूको एकाग्रता गर्ने क्षमता, भावनात्मक विकासमा असर, सामाजिकीकरणमा समस्या, रिसको मात्रा बढने, संज्ञात्मक विकासमा कमी, मस्तिष्क र माशंपेशीको विकासमा प्रभाव पार्नुका साथै आन्तरिक तथा बाह्य समस्या हुन्छ।

वाल्यकाल छोटो मौसम जस्तै हो। उनीहरू ती मौसमका दिनहरू बिर्सन्छन् तर महसुस गरेका अनुभवलाई मीठो सम्झनाका रूपमा जिवनभर सम्झन्छन्।

(खड्का सुनगाभा वाटिका नेपालकी निर्देशक तथा मनोविमर्शकर्ता हुन्।)  

प्रकाशित: २९ श्रावण २०७७ २१:२३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App