१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
prabha baral
प्रभा बराल


प्रभा बरालका लेखहरु :

रिकोन

‘अघि ढोकामा उभिएको पुरुषसँग माखीले हालसालै मात्र डिभोर्स गरेकी हुन्, दिदी। अघि हुलाकबाट जापानी भाषामा आएको चिठी नबुझेर सोध्न आएको रे। साथी त भए क्यारे, लोग्ने–स्वास्नी पो भएनन्। यिनीहरूको बोलचाल देख्दा डिभोर्सी हुन् जस्तो कहाँ लाग्छ र !’

महिला लेखनका कुरा

गुणात्मक लेखन एकैपटक सम्भव हुने होइन। महिला लेखकलाई थप उत्साहित कसरी गर्ने भन्ने विषयमा बहस चलाउन सकिन्छ। संसारभरका महिला लेखकले के कसरी लेखेका छन् ? उनीहरूको लेखन कहाँ छ, हाम्रो लेखन कहाँ छ, बुझ्न जरुरी छ। उनीहरूको लेखनका विषय के कस्ता छन् ? हामीले फराकिलो भएर सोच्नुपर्छ।

कहाँ छ महिलाको घर ?

साँच्चि, हामी महिला कति कमजोर धरातलमा बाँचिरहेछौँ ! न जन्म दिने घर हाम्रो हुन्छ। न बिहे गरेर गएपछि श्रीमान्को घर बलियो हुन्छ। आफ्नो वरपर पनि शंकाको दृष्टिले हेर्नुपर्ने बनाउँछ। अलिकति घटनाक्रम तल–माथि पर्नेबित्तिकै आफ्नो भनिएका मान्छे आफ्ना रहँदैनन्। उस्तै परे सुस्मिताले जस्तै मृत्युकै मुखमा पुग्नुपर्छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्