आगो ताप्दा होसियार !
केही दिनअघिको घटना हो। काठमाडौंको एक ठाउँमा एक सुत्केरी र शिशु कोठाभित्र मृत अवस्थामा फेला परेको जानकारी पाएपछि म प्रहरी टोलीसँग घटनास्थल निरीक्षणका लागि गएँ। एक दम्पति र उनीहरूको केही महिना मात्रकोे शिशु एउटा निकै सानो कोठामा बस्दारहेछन्। कोठाका झ्याल पूरै बन्द थिए।