निर्वाचनमा सुधार
समृद्धिको आकांक्षा कसैले अस्वीकार गर्न सक्दैन तर यो प्राप्त गर्न सजिलो छैन। नारा लगाएर मात्र हुँदैन, यसका लागि नेतृत्व वर्गको सोच र व्यवहार परिवर्तन हुन आवश्यक छ। दलका नेताहरूलाई मात्र सबै उच्च पद र ओहदामा पु¥याएर समृद्धि प्राप्त हुँदैन। जबसम्म नीति निर्माण र कार्यान्वयन गर्ने ठाउँमा खोजी–खोजी कर्मठ र इमान्दार व्यक्तिहरू पु-याईँदैन तबसम्म समृद्धि एउटा दिवास्वप्नमा सीमित रहनेछ। अर्काे कुरा, जबसम्म राजनीतिक भ्रष्टाचारमा लगाम लगाइँदैन तबसम्म समृद्धि सम्भव छैन। तसर्थ त्यसका लागि सर्वप्रथम निर्वाचन प्रणालीमा सुधार अपरिहार्य देखिन्छ।