२३ वैशाख २०८१ आइतबार
image/svg+xml
कला

उज्यालो दीपावली लिज भविष्य किरण मेरो

नामैले चहकिलो दीपावली। उज्यालोको चाड। दीप प्रज्वलन गर्ने चाडपर्व। झलमल्ल दीप बाल्ने। हजुरबा–बराज्यूको पुस्तेबारी परम्परा निस्तो हुन्न। यसभित्र संस्कार हुन्छ। संस्कार भन्नु परिवारको चालचलन। चालचलन भन्नु रहनसहन। रहनसहनमा खानपान, बोलीचाली। बोलीवचन मधुर मिठासपूर्ण। मिठास पूर्णताको तात्पर्य सुमधुर। सुमधुरताले प्यारो बोली अँगाल्दो हुन्छ। प्यारो बोलीवचनले मुटु र मन छुन्छ। यस्तो बोलीवचन हृदयस्पर्शी...! हामीले बोल्ने मनै छुने भएपछि आफू पनि प्रिय बनिन्छ। सुनौँ सुनौँ लाग्दो आवाज आओस्। बसोस् लाग्दो बन्नु अझै करामत। करामत संस्कृत शब्द। कर=हात, मत=मनको चिन्तन। हात र मन मिलाएर गरिने सुबोल सुवचन। सत्य–तथ्य सुमधुर बोलीवचन। पुर्खाले त्यसैले अमृत वचन–बोली भने। हामी पछ्याइरहेछौँ। यसरी पछ्याउनु मनुष्य धर्म। धर्ममा संस्कार–संस्कृति अन्तरनिहीत छ। धर्मको मर्म सबैको हित चिताउनु–परम धर्म। धर्म आकार ! धर्म सद्चित सदाचार। सद्चितबाट सदाचार बन्छ। सदाचारका दुई पक्ष छन्। एक सधंैभरि पालन गर्ने। सदाचारी बन्नु, सद् आचरणधारी बन्नु, सद् आचरण गर्नु–असल काम गर्नु। अर्काे सदा सर्वदा पालन गर्ने धर्म– मनैको संकल्प। धर्मकर्ममा आधारित हुन्छ। रहन्छ सदा सर्वदा धर्म उपकार। संकटमा परेकाको उपकार गर्नु। धर्मपनामा सीमाबद्ध रहन्न। सद् आचरणमा बस।

उज्यालोको चाड यमपञ्चक तिहार। औंसीको निष्पट अन्धकारमय रातमा झलमल्ल दियो बाली लक्ष्मी आह्वान गर्ने पर्व। परम्परागत पालामा तोरीको तेलमा सलेटो डुबाई ज्योतित पार्ने पर्व। परम्परा परिपालन त भयो, गरियो। नाति, मेरा छोराबुहारीका कुलपुत्र। एक सालअघि उनी अध्ययनको सिलसिलामा परदेशमा। नातिको नाम आफैले राख्दिएको थिएँ। शुद्ध नेपाल भाषामा। नेपाल बाका गर्भैदेखि सुनेको। आमाको काखैदेखि तोते बोली बोलेको। नाम दिएथें। अस्पतालको प्रशव वेदना कक्षबाट छोराबुहारीकी आमा, छोराकी आमा साथै नरम न्यानो फलाटिने कपडामा। संयुक्त स्वर निस्कियो नातिको। नाम के राख्ने ? मेरो प्रत्युत्पन्न मनले बोल्यो– लिज ः पुता। चकमन्न परें। प्रतिप्रश्न आयो। त्यसको अर्थ भनेँ– लि=भविष्य, ज=किरण, लिज=भविष्य किरण। मेरो कुल नै भविष्य किरण। कुलदीप = कुलै उज्यालो बनाउने मेरो भविष्यको किरण। लिजपुता नाति यो दीपावली पर्व चाड। बाउतुल्य उज्यालो लागेन। चहकिलो महकिलो लागेन। मनोविज्ञानले मनलाई खल्बल्याउँदो रहेछ। मलाईजस्तै अरू धेरैधेरैलाई। कनिकुथी सम्हालेकै छु आफूलाई। यी त मायालु मुटुको स्पन्दन। लाग्छ हजुरबाहरूको मनको ढुकढुकी यस्तै त हुँदा हुन्। जय शम्भो ... ! बुहारी सरबारै शिर निहुराई प्रत्येक प्रातः काल जय शम्भो गर्छिन्।

यस मनले आफ्नो शासनकालमा बनाएको। यस महल आफैले श्रम गरी बनाएको पक्कै थिएन। राजाको मनोकाङ्क्षा। शिलान्यास राजाकै हातबाट हुनु स्वाभाविक। त्यत्रो शिल्पयुक्त कला साधनायुक्त मण्डप शैलीमा निर्मित। मण्डप शैली नेपाल र नेपालीका अहम् शैली। वर्चश्व यसको आफ्नै। मण्डप शैली विषयमा अध्ययन। अध्ययनसाथ गर्ने सुदर्शनराज तिवारी हुनुभएको छ। उहाँको ‘टेम्पल्स अफ दि नेपाल भ्याली’मा उल्लेख छ। सबैले अध्ययन नगरी नेपाली मन्दिरका मण्डपशैली बोध गर्न चुनौतीपूर्ण। काष्ठमण्डप पनि २०७२ सालको महाभूकम्पले पल्टाइदिएको। विशाल धनराशी खर्चेर पुनर्निर्माण भयो। नेपाली जनमनका सांस्कृतिक सम्पदाप्रतिको मोह र अहम् भावनाले सम्भव हुुनु नेपाली जनमनको सम्पदा मोह नै। यो नदीको धार प्रवाहजस्तै निरन्तर लागी नै रहन्छ। नदीका धारा प्रवाहले सदा सर्वदा सागरमा मिलन ताक्छ। सागरले महासागर। महासागरले अन्तरिक्ष। बदलिएर बादल। बादल सागरलाई खगोल पु¥याई पृथ्वीका आमूल अंश सिञ्चन गर्छ। प्रकृति, पर्यायवरण, परमेश्वरको शाश्वत लीला अपरम्पार... ! विज्ञान र नवीनतम प्रविधि पछ्याउँदै छ। निरन्तर... अनवरत !

उनान्नब्बे बर्से तन्नेरी यौवन शुभेच्छामा तंग्रिन्छ। लिज ः कम्प्युटर इन्जिनियर। उनलाई अँगालेर म्वाइँ दिऊँ, मुटुको न्यानो ढुकढुकी। जीवन स्पन्दन ! मानव मात्रका साझा आकाङ्क्षा। हृदयभित्रदेखिकै अमर स्पन्दन। सावाँभन्दा ब्याजप्रतिको मायालु अनुराग। हाई सन्चो ज्यान। यिनै चेतले हो। निर्धक्क टन्काइरैछ। यो चेतभरिको व्ययधारी चोला। लुखुरलुखुर। आनन्दी अनुरागभरिको जीवन। जीवनभरिको चैतन्य चोला। कुनै अनिश्चित समय पर्खंदो निश्चित शाश्वत सत्य। अनित्य साथको नित नित्य। रमाइरहनुको अहम् सार्थकता। रमरम रमाइरहनु। सदाबहार शरद वसन्तम् हृदयारविदम्...! परिवर्तनशील प्रकृति पर्यावरणभित्रका यावत जीवात्मा सबै हामी सबै सबै। लिज ः मेरो भविष्यका भव्य उज्यालो किरण। भव्य नेपाली नागरिक निर्माण– विनिर्माणमा भव्य योगदान पु¥याउने स्वस्थ, सक्षम, कर्मठ नागरिक दैनिकका दिनानुदिन पाठक विश्लेषक संश्लेषक बन्न बनाउन योगदान। कामना अन्तर मनोकाङ्क्षाका यी अक्ष अक्षरले सिञ्चनसाथ।

 

प्रकाशित: १९ कार्तिक २०७९ ०२:१५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App