१९ असार २०८१ बुधबार
image/svg+xml
कला

सपना र संघर्षको कथा ‘आँंगन छोडेपछि’ सार्वजनिक

इञ्जिनियरिङ विषय अध्ययन गरी विविध कारणले परदेशमा बसोबास गर्ने आप्रवासी नेपाली इञ्जिनियर लेखकहरूको सपना र संघर्षको कथा ‘आँंगन छोडेपछि’ सार्वजनिक भएको छ।

शुक्रबार पुल्चोकस्थित इन्जिनियरिङ कलेजमा सो पुस्तक सार्वजनिक गरिएको हो। विशेष कारण वा विदेशिनुपर्ने सन्दर्भ, तात्कालीन मनोदशा, मानसिक र पेशागत अन्तरद्वन्द्व साथै विदेश आइसकेपछिको सुरुवाती अनुभवहरूको संकलनका रूपमा पुस्तकलाई चित्रण गरिएको छ।

ऋषिराम पराजुली, कुसुम ज्ञवाली, कृष्ण कुसुम, केशव शर्मा, केशवराज ज्ञवाली, गोविन्दप्रसाद गौतम, जीवा लामिछाने,  प्रमोद अमात्य, नगेन्द्र न्यौपाने,विजयराज भट्टराई, मधु माधुर्य, मनोज कार्की, राजन महर्जन, सतिश त्रिपाठी, सन्तोष न्यौपाने, शर्मिला पोखरेल र सुशील ताम्राकार गरेर १७ जनाले आफ्ना परदेशी अनुभव पुस्तकमा समावेश गरेका छन्। पुस्तकलाई सम्पादन कृष्ण कुसुम र केशवराज ज्ञवालीले गरेका हुन् भने सम्पादन समूहमा कुसुम ज्ञवाली, सतिश त्रिपाठी, विजयराज भट्टराई रहेका छन्।

पुस्तकमा विश्वभरिका विभिन्न देशमा बसेर, इन्जिनियरिंग पेशासंग सम्बन्ध १७ जना इन्जिनियरहरुको विदेशी भूमिमा गरेको संघर्षको सस्मरण लेखिएको छ। सो पुस्तक शिखा प्रकाशनले बजारमा ल्याएको छ। कार्यक्रममा लेखक/इन्जिनियर खड्गसेन वली र समालोचक राजकुमार बानियाले पुस्तकमाथि टिप्पणी गरेका थिए।

नियात्राकार जीबा लामिछाने र गोविन्दप्रसाद गौतमले लेखकीय अनुभव, पुस्तकका दुई मध्ये एक सम्पादक केशवराज ज्ञवालीले सम्पादनको अनुभव सुनाएका थिए।

प्रकाशित: ९ पुस २०७८ १४:३८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App