४ आश्विन २०८१ शुक्रबार
image/svg+xml
कला

उज्वलचन्द्र बुदाचार्यले खिचेको फोटो प्रथम

१८२ औं विश्व फोटोग्राफी दिवसको अवसरमा किपाग्राफी भक्तपुरले गरेको फोटो प्रतियोगितामा उज्वलचन्द्र बुदाचार्यले खिचेको फोटो प्रथम हुन सफल भएको छ। 'सिकौं र सिकाऔं' भन्ने नाराका साथ फोटो कन्टेष्ट इन फोटोवाल्क शीर्षकमा भएको फोटो प्रतियोगितामा सन्तोष सुवालले खिचेको फोटो दोश्रो तथा कृष्णश्वरी दुवालले खिचेको फोटो तेश्रो भए।

कार्यक्रमका संयोजक सुरेश राजशाक्यले प्रतियोगितामा काठमाडौं, ललितपुर, भक्तपुरलगायत दोलखाका फोटोग्राफरहरुको उल्लेख्य उपस्थिति रहेको जानकारी गराए। संस्थाका उपाध्यक्ष पदमसुन्दर शाक्यले किपाग्राफी भक्तपुरले संस्थाको स्थापनाकालदेखि नै विश्व फोटोग्राफी दिवसमा विभिन्न कार्यक्रम गरी मनाउँदै आइरहेको र यसपटक विभिन्न ठाउँमा छरिएर रहेका फोटोग्राफरहरुलाई एकै ठाउँमा संगठित गरी 'सिकौं र सिकाऔं' भन्ने उद्देश्यले पहिलो पटक फोटो कन्टेष्ट इन फोटोवाल्कको आयोजना गरिएको बताए। 

प्रतियोगितामा निर्णायकद्वय नारायणप्रसाद बोहजू तथा लक्ष्मण कर्माचार्यले फोटो प्रतियोगितामा प्राप्त फोटोहरु उच्च कोटीको भएको र विश्व फोटोग्राफी दिवसको महत्वको बारेमा चर्चा गरेका थिए।

प्रकाशित: ३ भाद्र २०७८ १३:४४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App