१९ जेष्ठ २०८१ शनिबार
image/svg+xml
कला

रहेनन् बलिउडका वरिष्ठ कलाकार दिलीप कुमार

बलिउडका वरिष्ठ अभिनेता दिलीप कुमारको निधन भएको छ। भारतीय सञ्चार सञ्चारमाध्यमहरुका अनुसार उनको ९८ वर्षको उमेरमा बुधबार बिहान निधन भएको हो । उनको मुम्बईस्थित हिन्दूजा अस्पतालमा निधन भएको हो ।  

पछिल्लो समय उनी अस्वस्थ भएपछि अस्पताल भर्ना गरिएको थियो ।

उनको मृत्युसँगै बलिउड शोकमा डुबेको छ । उनको मृत्युको खबरले उनका प्रशंसकहरूलाई पनि चकित बनाएको छ । सामाजिक संजालमा उनको प्रशंसकहरुले  चिरशान्तिको कमना गर्दै श्रद्धान्जली अर्पण गरिरहेका छन् ।  

दीलिप कुमारले आफ्नो पाँच दशक लामो चलचित्र यात्रामा ‘मुगले आजम, देवदास, राम और श्याम’ जस्ता हिट चलचित्र दिएका छन् ।  ६० भन्दा बढी चलचित्रमा काम गरिसकेका उनले ८ वटा फिल्मफेयर अवार्ड पनि जितेका छन् । उनी  सबैभन्दा धेरै अवार्ड तथा सम्मान पाउने बलिउडका  कलाकार हुन्।  

प्रकाशित: २३ असार २०७८ ०५:३६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App