२७ आश्विन २०८१ आइतबार
image/svg+xml
कला

ए आकाश !

कविता

सूर्यप्रसाद लाकोजू

 

ए आकाश !

कत्ति रुन्छौ तिमी  

कमजोर हाम्रो घर बगाउन  

भो नझार आँसु  

जस्तै पीडा परे पनि  ।

बेहिसाब बर्सन्छौ तिमी  

कसैको पर्वाहबिना  

तर  यता

पहिरोले पुरिएला भन्ने  

डरले  क्षणक्षणमा  

घण्टी बजाउँछ  

हाम्रो मनमा ।

तिमीसँग हाम्रोजस्तै  

मायाको सागर अट्ने हृदय छैन  

र त जता पनि बग्न सक्छौ  

जस्को घरभित्र नि पस्न सक्छौ  

मान्छेले बनाएका सुन्दर सिर्जना  

एक निमेषमै ध्वस्त पार्दै  

आफ्नो यात्रा अविश्रान्त बनाउन सक्छौ ।  

हे आकाश !

तिमी प्रिय मात्र छैनौ

हाम्रो मनभरि तिम्रा लागि

श्रद्धाका असंख्य फूलहरू

निरन्तर फक्रेका छन्  

तिम्रै न्यानो घाममा

हामी आफ्नो जीवन खोज्छौं

इन्द्रधनुष फिजाउँदै

बर्साएको तिम्रै जलमा  

हामी आफ्नो प्राण भेट्छौं  

तर

जब तिमी क्रोधी बन्छौ

आकाशभरि विजुलीका

बक्ररेखा दौडन्छन्

त्यसैगरी कुद्छन्  

डरका तरङ्गहरू मनभित्र  

तिमै्र क्रोधका कारण

जलप्रलयको ताण्डव हुन्छ धरतीमा ।

त्यसैले

हे वर्षा !

तिमी सदाझैँ  

मान्छेका लागि खुशी छर्दै आउनु  

मान्छेको खुशी यसरी सोर्दै नजानु  ।

प्रकाशित: १८ भाद्र २०७७ १०:४६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App