९ मंसिर २०८१ आइतबार
image/svg+xml
कला

बादलदेवी चाम्लिङका तीन कविता

कविता

बादलदेवी चाम्लिङ

बालक

के लाग्छ तपाइँलाई

बालक कमजोर हुन्छ  

सानो छ

उसलाई जे पनि गर्न सकिन्छ ?

 

तपाइँ खुट्टाले हिँड्नु हुन्छ नि

एउटा बालक

चुनौतीका रङ्गीन किरणहरूप्रतिको

जवाफदेहिताले हिँड्छ ।

 

को भन्छ  

खहरे बर्सात् परेपछि मात्र उर्लन्छ ?

यो त बालकले सधैंँ वोकेर हिँड्छ

को भन्छ

समुद्र समतल जमिनमा उ‘धोउ‘धो वग्छ ?

ज्वारभाटासहित यो त बालकले छातीमा बोक्छ ।

 

उसलाई कम ऑक्नुहुन्छ ?

हामी त झरी पर्दा न रुझ्ने हो

हर मिर्मिरे बिहानीमा खुल्ने

सुहाउने, दुखाउने, रुवाउने, धुनहरूस‘ग रुझ्दै हिँड्छ

भित्र पुरुषार्थ टुसाएर पर्वत उठ्दै हुन्छ

बरु बॉसको टुप्पो नुहुन्छ

नुहुँदैन उसको ऑखाको तेज।

 

एउटा रबरको टुक्रोलाई  

दुई जनाले दुईतिरबाट तन्काउनुस्

दह्रो पक्रेर  

अझै भुइँमा खुट्टा दबाएर बल गरी गरी तान्नुस्  

रबर चुँडिन लाग्छ

तपाई डराएर मूर्छा पर्नुहुन्छ

उल्टै तानिएर दुवै भुइँमा डङ्ग्रङ्गै एकैतिर लड्नुहुन्छ

रबर चु‘डिए पो

यही रबर हो वालक।

 

मनि प्लान्टको बिरुवा रोप्नुस्

सरेन  

बारीमा फाल्नुस्  

त्यही नै रुख पक्रिएर उठ्छ

तपाईंको उचाई भन्दा धेरै गुणा माथि पुग्छ

यही बिरूवा हो बालक।

 

गोडामुनि होचो कदमा नै राख्छु

नसोच्नुस्

ठूलो स्वरले थर्काएर लुलो बनाइदिन्छु

दुष्प्रयास वा कुचेष्टा नगर्नुस्

सिमलीको मुना सिर्कना बनाउन भॉच्न सक्नुहुन्छ ?

तपार्इँको जम्मै बलको सामना गर्न

यसको लोकतो मात्रै काफी हुन्छ

हो

यही नभॉचिने सिमलीको मुना हो बालक।

 

ढुङ्गे युगमा समय बामे सर्दै थियो होला

अहिले जवान छ

भोलि अझै आयु पूरै वॉकी नै छ

ठ्याक्कै समयको यही स्वरूप नै बालकको प्रतिरूप हो ।

 

प्रत्येक बालक

हिमालको दीप्ति शिरमा टल्काएर  

ज्वालामुखी झैं ऑट बोकेर हिँड्छ

आफ्नै तापले आलसतालस भएको घाम

उसको मुहारमा तैरिएको जुनेली शीतल उघाएर

आफ्नो मुहार धुन्छ

तारा राति

उसको निदरीलाई फकाउन नाभो गीत गाउ‘छ

पहाड

ऊ छेउ आउँदा निहुरिन्छ

यो हेक्का रहोस्

कि

बालकस‘ग

शक्तिशाली युध्दले त आत्मसमर्पण गर्छ ।।  

 

फूल

आफ्नै सुरक्षा नहुने गरी

फूल यसरी किन फुल्नु ?

 

सबैलाई आ–आफ्नै सुरक्षाको डर छ यहॉ

मानौँ

सुरक्षित हुन सक्नु जन्मनुको जित हो

सवैलाई आ–आफ्नै रफ्तारको मोह छ यहॉ

मानौँ

यो जीवन्त रहनुको रीत हो।

 

वायुमण्डलमा तापक्रम बढेर हिउ‘ पग्लँदैछ

हिमाललाई कत्रो चिन्ता छ

अन्टार्कटिका विरूप भईसक्यो

भूगर्भविद्हरू चिन्तामग्न छन्

 

फूल

तिमी भने

यी सबै चिज हुनु,नहुनुको बेवास्ता गर्दै

न भोक,न शोक

निस्फिक्री फुलिरहन्छौ  

रङरङको नक्कल लगाउ‘छौ

ढॉचा ढॉचाको ढर्रा देखाउ‘छौ

हो

आकर्षण छ तिमीमा

आकर्षणको घनत्व पनि सिसाझँैँ छर्लङ्ग छ

यति पारदर्र्शी  हुनु किन ?

 

उनको छेउ पुग्दा

हावालाई एक पटक पाप पोखू‘ कि ? लाग्छ

भुलचुक सामान्य हो सिकाइमा

घामलाई एउटा भुल गरू‘ लाग्छ

उनी स्वयम्लाई पनि  

झरी बनेर

एउटा गल्तीको भागिदार बनू‘झैँ लाग्छ ।

 

कि कुना छेउ रहेर फुल्नु नि

कि गह्राको एक छेउ उभेर फुल्नु

एकाधले मात्रै देख्न सकून्

तगारो नै लगाउन नमिल्ने खुल्ला मैदानमा

आफ्नै वश्त्रको विश्वास नहुने गरी यसरी किन फुल्नु ?

 

हैन

फूल देखेर अरू पागल हुन्छन् कि

वसन्त देखेर फूल आफैं उत्ताउलिन्छ ?

 

नफुल्नू तिमी

फुलेपछि कि इन्दे्रणीलाई जितेर फुल्नु

कि त परागसेचन पछि  

थुप्रै ताराहरू बारीभरि उमारेर

घामको चुरभन्दा माथि उठेर फुल्नु ।

 

पहाड

उत्तरी अमेरिकाको रक्की होस्

या एशियाको हिमालय

या मेरो गाउ‘को शिर भएर उभिएको थुम्को

थुम्को पनि पहाडै हो

पहाड पहाडै हो

मलाई यस्तै लाग्छ ।

 

असामान्य सबै पन्छाएर सामान्य बॉचेको छ

एउटा पूरै युगको हिसावकिताब ऊस‘ग छ

ऊ उभिएको समय आकाश  पनि  

ऊ देखि हैरान छ

बादल कुहिरो जस्तो अर्धनग्न भएर

क्षितिज माथि फैलिँदैन यो

हलेसोका हूलहरू जवानी फि‘जाएर

अक्कासिए जस्तो उत्ताउलिदैँन यो

गहन दृष्टि बोकेर स्थिर बसेको छ

आउने जाने ऋतुहरूको रङ्ग ढङ्ग नियालेको छ

वस्तीमा हु‘डार बनेर पस्ने गरिबी मन पर्दैन उसलाई

फरिया छोट्याउ‘दै उर्लिएर बग्ने खोली  

त्यति निको लाग्दैन उसलाई

ताकि आफू बॉचेको युगको सिउर दाग रहित ढल्किरहोस्

भोलि इतिहास बनेको बेला

झनै चमक थपिइरहोस्

ऊ पहाड

उसलाई यस्तै लाग्छ ।

 

असहज, अप्ठ्याराहरू आए, गए

पश्चिमबाट बेग हानेर आएको बिषालु हावाले

यिनको कुम भत्काएको छ

तै पनि खर्क,  पाखाहरू हराभरा छन्

हिउ‘मा फुरुरुरु झरेको हिउ‘ले  

यिनको तालु चिसो बनाएको छ

तै पनि मनको घाम सधँै जवान छ

घात, प्रतिघातहरू उस्तै

दँौँतरीहरू पनि खै

न ख्याल ठट्टा गरे  

हिड्दै गर्दा खुट्टामा छिर्के लगाइदिएर  पटकपटक लडाइदिए

आफ्नो बगँैचाको फूल ऑखै अगाडि चँुडिए

शरीर गल्दै जॉदा

यसो टाउको बिसाउने सिरानी केही टाढा भए ।

 

समयक्रमका यी सबै अमृत पलहरू

ऑखाको ढकनीले छोपेर

आफैँ भित्र लुकाएको छ

ता कि आउने पिढीहरूको मन खिन्न नबनोस्

गतिमा रहेका हात खुट्टाहरू लुला नबनून्

ऊ पहाड  

उसलाई यस्तै लाग्छ ।

 

किन हो किन मलाई पहाड बुझू‘बुझू‘ लाग्छ

छेबैमा बसेर सवाई कहेको सुनू‘सुनू‘ लाग्छ

उसको फेद नेर छेउ लागेर बस्छु

उसले मलाई के सोच्छ कुन्नि

म त उसको छेवैमा औधी रमाउ‘छु

भन्छ–

समयले मलाई कोरलेर हुर्कायो

जवानी हुर्कदै आउ‘दा सधैं साथ दियो

मन रङ्गिएर बैंसालु बनेको बेलामा मलाई जात दियो

आज

आयु सिध्दिनै लागेको कसौंडिझैं  म बनको बेला

यत्नसाथ सम्मानपूर्वक राडीको बिछ्यौना लगाइदिएको बेला

मलाई थाहा छ म पनि पन्छिनुपर्छ

म उभिएको ठाउ‘मा अरू कोहीले उभिनुपर्छ

कुरो त उही हो  

उनीहरुले पनि म जस्तै समय आएपछि छेउ लाग्नुपर्छ

ऊ थप्दै जान्छ–

कठै! 

म रमाएको भन्ज्याङ र भेष

म बॉचेको दुनियॉ र देश

म कसरी छाडौ‘

अझै उनीहरु सबै मेरा सिर्जना होइनन् र पनि

म भित्रको मलाई छुने

सुन्दर फूल होइन र पनि

ऊ बोलिरहन्छ

जति सुन्यो उति सुनुँ लाग्ने

जति छोयो यो उति नरम लाग्ने

जति हे¥यो उति झन् हेरूँहेरूँ लाग्ने

हेर्छु उसलाई

बिस्याहार पातलिएको दाह्रीजु‘घा झुुस्लुङ्ग

मेरो हजुरबुबाको मुहार जस्तै ऊ

झरेर बॉकी रहेको स्याहार बिनाको जिङ्रिङ्ग लट्टा कपालमा

मेरी हजुरआमा जस्तै ऊ

काटिकुटी झरी पछि झ्याउ उम्रिएको खस्रो ढु‘गा जस्तै ऊ

सम्झिन्छु–

बारीछेउ उभिएको बूढो कटुसको रुख

भजङ्ग परेका यसका फल झुप्पाहरू

झुप्पाभित्र छोपिएका सुन–हीरा कटुसहरू

ती कटुस भित्रका नौनी फल

र अजङ्गको बूढो पहाड दुरूस्तै उस्तै छन्

ऊ पहाड

मलाईृ यस्तै लाग्छ ।

प्रकाशित: ७ भाद्र २०७७ ०७:४१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App