काठमाडौं – चर्चित अमेरिकी रियालिटी सो ‘अमेरिकन आइडल’ को १८औं संस्करणमा छनोट भएका नेपाली मूलका युवा दिवेश पोखरेल (अर्थर गन)ले एकपछि अर्काे प्रस्तुतिले निर्णायक तथा दर्शक मन जित्दै गएका छन्।
अमेरिकन आइडलको सोलो राउण्डमा दिवेशको प्रस्तुति सनेर निर्णायक मण्डलका तीन जनाको उठेर सम्मान गरे। दिवेशको प्रस्तुतीबाट अत्यन्तै प्रभावित भएर निर्णायक मण्डलका लायोनल रिचीको त आँखामा आँसु थामिए।
उनको प्रस्तुतिले निर्णायक मध्येका लियोनेले अर्की निर्णायक केटी पेरी तर्फ फर्कदै आँखाका आँशु पुछ्दै भने ‘मलाई भावुक बनायो।’ दिवेशले क्रिडेन्स क्रियरवाटर रिभाइभल ब्याण्डको ‘ह्याभ यु इभर सिन द रेन’ गीत प्रस्तुत गरेका थिए।
अडिसनदेखि नै निर्णायकको मन जित्दै आएका दिवेशलाई प्रस्तुति नेपालमा मात्रै होइन संसारका संगीतप्रमीले रुचाएका छन्। ५ वर्ष अघि अमेरिका गएका दिवेश हाल अमेरिकाको क्यान्सस राज्यको विचिटामा बसोबास गर्दै आएका छन्।
प्रकाशित: ११ चैत्र २०७६ १०:१९ मंगलबार