काठमाडौं – ट्राफिक प्रहरीले सारंगीको धुनमार्फत ट्राफिक सचेतना प्रदान गरेको छ। महानगरीय ट्राफिक प्रहरी महाशाखाले गत माघ २९ देखि सञ्चालन गरेको ट्राफिक सचेतना कार्यक्रमअन्तर्गत सारंगीको धुनमार्फत सचेतना प्रदान गरेको हो।
महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक भीमप्रसाद ढकालले कार्यक्रमअन्तर्गत सारंगीको धुनमार्फत सडक अनुशासन र ट्राफिक नियमसम्बन्धी ज्ञान प्रदान गरिएको जानकारी दिएका थिए। महाशाखाले उपत्यकाको नयाँ बानेश्वर, बागबजार, रत्नपार्क, वीर अस्पताल, नयाँ सडक, कालीमाटी, त्रिपुरेश्वर, नयाँ बसपार्क, कलंकी, कोटेश्वर र जावलाखेललगायत क्षेत्रमा सारंगीको धुनमार्फत ट्राफिक जनचेतना फैलाएको छ।
सारंगीको धुनमार्फत हेमराज गन्धर्व, बालराम गन्धर्व र दिलबहादुर गन्धर्वलगायतले ट्राफिक जनचेतना फैलाइरहेका छन्। महाशाखाले दैनिक चार चोकमा सारंगीमार्फत सचेतना फैलाउँदै आइरहेको छ।रासस
प्रकाशित: १४ फाल्गुन २०७६ ०२:४८ बुधबार