२१ असार २०८१ शुक्रबार
image/svg+xml
कला

‘देश बाहिरबाट देश’ कविता प्रथम

काठमाडौं – नयाँ किरण समूह र टोखा नगरपालिकाको संयुक्त रूपमा आयोजनामा गरेको न्हूजः राष्ट्रिय युवा कविता प्रतियोगितामा किशोर आचार्यको कविता पहिलो भएको छ। आइतबार राजधानीमा आयोजित प्रतियोगितामा किशोर आचार्यको ‘देश बाहिरबाट देश’ शीर्षकको कविता प्रथम हुँदै ५० हजार रूपैयाँसहितको पुरस्कार जितेको थियो। उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलले उनलाई पुरस्कार प्रदान गरेका थिए।

कार्यक्रममा बोल्दै पोखरेलले राष्ट्रियता, अखण्डता, स्वाधिनताबारे जानकारी गराउँदै देशप्रेमको भाव कविताहरूमा रहेको बताए। त्यस्तै प्रतियोगितामा केशव भट्टराईको ‘देशभित्रै देश छ’ शीर्षकको कविता दोस्रो र जीवन आरोहीको ‘पाठशाला र नानीहरू’ शीर्षकको कविता तेस्रो हुँदै क्रमशः ३० र २० हजार रूपैयाँ प्राप्त गरेका थिए। प्रतियोगितामा प्रकाश आचार्य र सुनिता भेटवाललाई प्रोत्साहन पुरस्कारसहित जनही १० हजार रूपैयाँ प्रदान गरिएको थियो। प्रतियोगितामा ३१ कविताहरू वाचन गरिएका थिए। न्हूजः पुस्तकालयका अध्यक्ष दीपेन्द्र श्रेष्ठले नेपाली युवापुस्तामा सकारात्मक तथा देशप्रेमको भावना जगाउन प्रतियोगिताको आयोजना गरेको जानकारी गराएका थिए।

प्रकाशित: १२ फाल्गुन २०७६ ०३:३१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App