२१ आश्विन २०८१ सोमबार
image/svg+xml
कला

शम्भु फोम्बोको ‘रुप हेरी’मा माया पिरतीका कुरा

काठमाडौं– गायक शम्भु फोम्बोको नयाँ गीत ‘रुप हेरी’ सार्वजनिक भएको छ। गीतलाई युट्युबमार्फत सार्वजनिक गरिएको हो। 

शशी गुरुङ वाङदेलको शब्द तथा संगीत रहेको गीतमा गायक फोम्बो र मेलिना राईको स्वर छ। अभिनय निराजन प्रधान र सोना पालुङ्वा लिम्बुको रहेको छ। 

क्यामेरा मधुर बस्नेतको रहेको गीतको भिडियोलाई उमेश गुरुङले निर्देशन गरेका हुन्। गीतको भिडियोमा एक प्रेमिल जोडीको माया पिरतीलाई देखाउन खोजिएको छ। गीतका शब्दमा पनि यहीँ पाइन्छ। यो गीतमा नयाँ पुस्तालाई माया पिरतीको नयाँ परिभाषा समेत बुझाउन खोजिएको छ।

 

प्रकाशित: ९ आश्विन २०७६ १०:२८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App