२२ आश्विन २०८१ मंगलबार
image/svg+xml
कला

निर्वीकारको ‘आँशु झरेकै राम्रो’ लोकार्पण

कबि तथा गीतकार नरेन्द्र निर्वीकारको गीती संग्रह ‘आँशु झरेकै राम्रो’ लोकार्पण गरिँदै। तस्बिर : नागरिक

खोटाङ – खोटाङका कबि तथा गीतकार नरेन्द्र निर्वीकारको गीती संग्रह सार्वजनिक गरिएको छ। दिप्रुङ चुईचुम्मा गाउँपालिका–६ छितापोखरीका कबि तथा गीतकार निर्वीकारको गीती संग्रह ‘आँशु झरेकै राम्रो’ बजारमा आएको हो। नेपाल प्रज्ञा प्रतिष्ठान, कमलादीमा शनिबार आयोजित कार्यक्रममा गीतकार संघ नेपाल अध्यक्ष चूडामणि देवकोटा, १ नम्बर प्रदेशका सांसद रामकुमार राई, साहित्यकार जसराज किराती, कवि भूपाल राई लगायतले गीती संग्रह लोकार्पण गरेका हुन्।

रावासावा प्राज्ञिक समाज नेपालको आयोजनामा गीती संग्रह लोकार्पण गरिएको हो। स्वदेश प्रकाशन प्रालि बागबजारले प्रकाशन गरेको निर्बीकारका गीती संग्रहमा १०१ वटा गीत समाबेश छन्। गीती संग्रहमाथि डा. विष्णु राई र सुरेश हाचेकालीले समिक्षा गरेका थिए। निर्बीकार धिप्लुङ माबि सेम्मामा प्रअकारुपमा कार्यरत छन्।

कबि तथा गीतकार निर्वीकारका यसअघि २०६८ सालमा गजल संग्रह ‘फूल झरेपछि’ र २०६० सालमा कविता संग्रह ‘पानीको कुनै रंग हुँदैन’ प्रकाशित छन्। उनले २०६७ सालमा गोपालचन्द्र राईसँगको सहकार्यमा गीती एल्बम ‘सहकार्य’ पनि बजारमा ल्याएका थिए।

प्रकाशित: १७ मंसिर २०७५ ०२:२६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App