२० आश्विन २०८१ आइतबार
image/svg+xml
कला

देखाइयाे ‘नातिपुस्ताको खेल’

बिर्तामोड निवासी निबन्धकार कृष्ण बरालको निबन्धसङ्ग्रह ‘नातिपुस्ताको खेल’ लोकार्पण भएको छ। जिल्लाका अग्रज स्रष्टाहरूले दमकमा आयोजित एक कार्यक्रममा उक्त कृतिको सामूहिक रूपमा लोकार्पण गरेका हुन्।

दमकको स्रष्टा प्रकाशन गृहले बजारमा ल्याएको बरालको यो सातौं कृति हो। लीला लेखनमा आधारित उक्त कृतिमा नाति पुस्ताका नानीहरूदेखि युद्धसम्मको वर्णन गरिएको छ।

कार्यक्रममा नेपाल प्रज्ञाप्रतिष्ठानकी सदस्य सुमित्रा वाङदेल ‘चेली’, प्राज्ञ मुनाराज शेर्मा, साहित्यकारहरू - केशव आचार्य, प्रकाश बुढाथोकी, प्रकाश थाम्सुहाङ, अभागी थेगुवा, बालचन्द्र सुब्बा, राजकुमार सुब्बा, सुन्दर कुरुप, याम थुलुङ लगायत झापाका समाजसेवीहरूको उपस्थिति रहकाे थियो।

प्रकाशित: २० आश्विन २०८१ १२:४० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App