३ आश्विन २०८१ बिहीबार
image/svg+xml
कला

‘शब्दाङ्कुर’ हरित काव्य विशेष अङ्क लाेकार्पण

शब्दाङ्कुर मासिक र वर्तमान कविता समूहले हरित काव्य विशेष अङ्क लाेकार्पण गरेकाे छ। विश्व वातावरण दिवसकाे अवसरमा  वाचित कविताहरू समेटिएकाे शब्दाङकुरकाे पूर्णाङ्क २७५ हरित काव्य विशेष अङ्क लाेकार्पण गरिएकाे हाे।

कार्यक्रममा  ’छोटा कविता गोष्ठी’ पनि भएकाे थियाे। मञ्जुलबाट ‘सुरूङ’ र ‘मित्रता’, श्यामलबाट ‘नयाँ देवता’, सुस्मिता नेपालबाट ‘आँसु’ र ‘टुक्रिएको आकाश’, मुरारी सिग्देलबाट ‘आशीर्वाद’ र ‘स्वर्ग र नर्क’, प्रोल्लास सिन्धुलीयबाट ‘प्रश्नहरू’, टेकेन्द्र चेम्जोङबाट ‘आदिम ढुङ्गा’, दिलकुमारी डङ्गोलबाट ‘दुर्गन्धको पर्खाल’ र बिनासिंह नेमकुलबाट ‘बैगुनी अङ्क’ र ‘बिक्रीमा’ कविता वाचन गरिएकाे हाे।

त्यसै गरी रमिना श्रेष्ठ ‘साकुचा’ ‘म एउटा कविताको खोजीमा छु’, रमी प्रिया ‘मनमनै’, जितेन्द्र रसिक ‘जीवन एक शून्य आकाश’, श्रीराम दाहाल ‘सरकारी काम’, ईश्वर थोकर ‘सुष्मा मानन्धर’, पुरूषोत्तम घिमिरे ‘अमूर्त प्रेम’, सञ्जय सुमन ‘बाको गोजी’ र ‘समानान्तर’, विश्व सिग्देल ‘विवशता’, अभय श्रेष्ठ ‘लुमन्ती’, प्रकाश दाहाल ‘उसले आफ्नो कविता लेख्न जानेकै छैन’, धीरकुमार श्रेष्ठ ‘मेरो भगवान्’ र चन्द्रबहादुर लामाले  ‘पुराना घाउहरू’ शीर्षकका छोटा कविता वाचन गरिएकाे थियाे।

गौरीघाटस्थित किरातेश्वर वनमा चन्द्रबहादुर लामाबाट सञ्चालित कार्यक्रममा भारती न्यौपाने र विष्णुकला राईबाट पनि छोटा कविता वाचन भए।

प्रकाशित: १ आश्विन २०८१ ०९:२९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App