२१ आश्विन २०८१ सोमबार
image/svg+xml
कला

मिसेस ब्युटी क्विन २०२४ का लागि १५ जना छनौट

विगत १५ वर्षदेखि विभिन्न सौन्दर्य प्रतियोगिताहरूको आयोजना गर्दै आएको सिजन मिडियाले मिस मिसेस ब्युटी क्विन नेपाल २०२४ सातौँ संस्करणका लागि दोस्रो अडिसन सकाएको छ। उक्त अडिसनबाट १५ जना छनौट गरिएको छ।

उपत्यका लगायत मोफसलका विभिन्न ठाउँबाट काठमाडौं आउनु भएका  १९ वर्षदेखि ५० वर्ष सम्मका विवाहित महिलाहरूलाई मध्यनजर गर्दै उक्त कार्यक्रम आयोजना गर्न लागिएको सिजन मिडियाका कार्यक्रम निर्देशक रेजिना तुलाधरले बताइन्।

विवाहित महिलाहरुको व्यक्तित्व विकास, आत्मविश्वास अभिवृद्धि, साथै उनीहरूको आन्तरिक क्षमता उजागर गर्न कार्यक्रम गर्न लागिएको उनले बताइन्।

उक्त प्रतियोगिताको अन्तिम प्रतिस्पर्धा साउनको अन्तिम साता काठमाडौँमा हुनेछ। उक्त प्रतियोगितामा सहभागीताको लागि आवेदन फारम पनि खुल्ला गरेको छ।

प्रकाशित: २५ असार २०८१ १३:४५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App